धादिङ किराञ्चोकका राजेन्द्र बराल ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित

  तपाईंको न्यूज |

३२ असार २०८२, बुधबार ०२:३६

धादिङ किराञ्चोकका राजेन्द्र बराल सम्मानित भएका छन्।नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघका अध्यक्ष राजेन्द्र बराल ‘शिक्षा विशेष सम्मान २०८२’ बाट सम्मानित भएका हुन्।केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.द्वारा आयोजित ‘तेस्रो केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत उनलाई सो सम्मान प्रदान गरिएको हो।

बरालले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।उनले व्यावसायिक हकहित, पारदर्शिता र मर्यादाको संस्थागत स्थापनार्थ अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।

उनको नेतृत्वमा नेपाल शैक्षिक परामर्श संघ स्थापना भई यस क्षेत्रको एकीकरण तथा व्यावसायिक उत्थानमा महत्वपूर्ण योगदान पुगेको छ। विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा तयार पारिएको ‘शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०६८’ निर्माणमा समेत उनले निर्णायक भूमिका खेलेका थिए।

धादिङ किराञ्चोकका बराल लामो समयदेखि शैक्षिक परामर्श व्यवसायको आधिकारिकता, मापदण्ड र नीतिगत सुधारमा सक्रिय रहँदै आएका छन्।

प्रतिक्रिया