धादिङ उद्योग बाणिज्य संघको आयोजना आगामी पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव हुने भएको छ।
कोरोनाका कारण विगतका ३ वर्षमा हुन नसकेको महोत्सवलाई यस वर्ष धादिङ उद्योग बाणिज्य संघले धादिङवेशीको खुल्लामन्चमा महोत्सव गर्न लागेकोे हो । धादिङवेशीमा संघको वैठकले महोत्सवलाइ सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी महोत्सव तयारीलाई तिर्वता दिएको छ ।
धादिङ उद्योग बाणिज्य संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा गठन भएका विभिन्न विषयगतउपसमितिहरुले शनिवार बाटै काम सुरु गरेको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा ५ करोडको कारोवार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।
प्रतिक्रिया