नेकपा एमालेको एजेन्डालाई कार्यनयन गर्न धादिङ एमालेलाई उपाध्यक्ष पाेखरेलको आग्रह

  तपाईंको न्यूज |

१७ असार २०८०, आईतवार ०२:१५

नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले गौरवशाली इतिहास बोकेको भबिस्यको योजना वर्तमानमा कार्यन्वयन गर्ने क्षमता भएको पार्टी भएको बताउनुभएको छ।

नेकपा एमाले धादिङको प्रथम जिल्ला प्रतिनिधि परिषदलाई सम्बोधन एमालेले लिएको चार एजेण्डालाई कार्यन्वयन गर्नका लागि आग्रह गर्नुभयो । आर्थिक सम्वृद्धि, राष्ट्रियता, सामाजिक एकता र देश बनाउने जागरणको एजेण्डा एमालेको भएकोले व्यवहारमा कार्यन्वयन गर्नका लागि पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।सबै जाती धर्म समूदायको विविधतामा एकता एमाले एजेण्डा भएपनि एमालेलाई सिध्याउनका लागि पहिचान बादीको नाममा एमाले विरुद्ध मानिसहरुलाई उचालिएको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

नेकपा एमाले तिन तहको नेतृत्व विकास गर्नका लागि ४० वर्ष माथी, ३० देखि ४० वर्ष र ३० वर्ष मुनिको नेतृत्व विकासका लागि रणनितिक रुपमा एमालेले संगठन विकास थालेको बताउनुभयो ।

कार्यक्रमलाई नेकपा एमाले धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले पार्टी सुदृढिकरण अभियान संगै सशक्क्त बनाउन एकजुट भएर लाग्न एमाले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न जिल्ला प्रतिनिधि परिषदले आगामी कात्तिक सम्मा जिल्ला अधिवेशन, चैत सम्ममा पालिका अधिवेशन र त्यसपछि वडा टोल अधिबेशन गर्ने निर्णय गरेको छ।

४ सय ५० जिल्ला प्रतिनिधि परिषद सदस्य सहभागि बैठकले युवाहरुलाई पार्टीमा ल्याएर ४० प्रतिशत युवाको सहभागिता गराउने, राजनितिक प्रशिक्षण दिने, र बामपन्थी बहश संचालनका लागि पुस्तकालय संचालन गर्ने निर्णय गरेको छ।

जिल्ला प्रतिनिधि परिषदले पार्टीको इतिहास लेख्नका लागि जिल्लाका पार्टी जिल्ला संस्थापक जगन्नाथ नेपालको संयोजकत्वमा समिति समेत गठन गरेको छ।समसामयिक ९ बुँदे प्रस्ताव पारित गर्दै जिल्ला प्रतिनिधि परिषद सम्पन्न भएको थियो ।

प्रतिक्रिया