टोकियो जापान
जापान-नेपाल द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन र विभिन्न क्षेत्रहरूमा सहकार्य विस्तार गर्न जापानको राजधानी टोकियोमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।बैठकमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी, नेकपा (एमाले) का केन्द्रीय सदस्य डा. सुर्य पाठक, डा. राम गिरी तथा प्रवासी नेपाली मञ्च, जापानका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा जापानका लिबरल डेमोक्रेटिक पार्टीका सदस्य, जापानको उपल्लो सदनका संसद सदस्य तथा बजेट समितिका अध्यक्ष, साथै जापान-नेपाल संसदीय मैत्री संघका महासचिव Yosuke Tsuruho को पनि उपस्थिति थियो।
बैठकमा नेपाल र जापानबीचको संसदीय सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल भयो। साथै, विकास निर्माण, जलविद्युत् आयोजना, कृषि क्षेत्रमा लगानी, सूचना प्रविधि तथा पर्यटन प्रवर्द्धन जस्ता महत्वपूर्ण विषयहरूमा दुई देशबीच सहकार्य गर्ने सहमति बनेको छ।
नेपाल-जापान सम्बन्धलाई नयाँ उचाइमा पु-याउने उद्देश्यले गरिएको यस छलफलले भविष्यमा नेपालमा जापानी लगानी प्रवाहलाई थप सहज बनाउने तथा दुबै देशका नागरिकलाई प्रत्यक्ष लाभ दिलाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया