गजुरी/धादिङ
धादिङ गजुरीमा बुधबार नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेल, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थितिमा नेपाली काँग्रेसबाट माओवादी प्रवेश गराईएका चार जना युवाले २४ घण्टा बित्न नपाउदै बिज्ञप्ति निकालेर पुरानै पार्टीमा रहेको बताएका छन् ।
रोजगारीको लोभ देखाएर पूर्वमुख्य मन्त्री शालिकराम जमकट्टेल संग भेट्न बोलाई खादा माला र टीका लगाएर माओवादी पार्टीमा प्रवेश गरेको भन्ने हल्ला फैलाएको भन्दै चार जना युवाले आपत्ति जनाएका छन् ।
गजुरी गाउँपालिका वडा नम्बर १ का सन्दीप दियाली, इशान श्रेष्ठ, समीर दियाली र रोजन सुनारले विज्ञप्ति जारी गर्दै आंफुहरु माओवादी पार्टी प्रवेश गरेको भन्ने हल्ला निराधार भएको बताएका हुन् ।
प्रतिक्रिया