जापानको सेन्दाइमा जुन ७ र ८ तारिक ‘ प्रथम नेपाल फेस्टिवल सेन्दाई २०२५’ हुदै

  तपाईंको न्यूज |

२५ बैशाख २०८२, बिहीबार ०२:२८

सेन्दाई/जापान
जापानको सेन्दाइमा ‘ प्रथम नेपाल फेस्टिवल सेन्दाई २०२५’ आयोजना हुने भएको छ। आउँदो जुन ७ र ८ तारिख (शनिबार र आइतबार) हुने यो दुईदिने भव्य फेस्टिवलको एनआरएनए जापान सेन्दाइ क्षेत्रीय कार्यसमितिको आयोजनामा, नेपाली राजदूतावास जापान र एनआरएनए जापानको सहयोगमा सम्पन्न हुनेभएको छ।फेस्टिवलको लागि स्टल बुकिङको लागि समेत सुचना जारी गरिसकेको छ।

नेपाली संस्कृति र परम्परागत कलालाई जापानी समुदायमा चिनाउने, जापानी नागरिकहरूलाई नेपालको भ्रमणमा आकर्षित गर्ने तथा आपसी सम्बन्ध थप सुदृढ बनाउने रहेको आयोजकहरूले जनाएका छन्।फेस्टिवलमा नेपाली परम्परागत नृत्य, संगीत, हस्तकला, खाना, तथा पर्यटन सामग्रीको प्रदर्शनी रहनेछ। यसले जापानी समुदायलाई नेपाली सांस्कृतिक धरोहरको प्रत्यक्ष अनुभूति हुने विश्वास छ।साथै नेपाली समुदायबीच आपसी एकता, सहकार्य,नेपालीत्व र आत्मियता पनि रहने विश्वास लिइएको छ।

प्रतिक्रिया