धादिङमा आफ्नै काकामाथि खुकुरी प्रहार:घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

  तपाईंको न्यूज |

२५ बैशाख २०८२, बिहीबार १६:०१

धादिङ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निगालपानीमा आफ्नै काकामाथि खुकुरी प्रहार गरेका छन्।विहिबार दिउँसो करिब १ बजे ६० वर्षिय भतिज बाबुकाजी लम्सालले ८८ वर्षिय काका जगन्नाथ लम्सालमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवंम सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो।

खुकुरी प्रहारबाट घाईते लम्सालको अनुहार र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं पठाईएको छ।खुकुरी प्रहार गर्ने व्यक्ति घाइते जगन्नाथ लम्सालको आफ्नै दाईको छोरा हुन्
बसिरहेकै ठाउँमा गएर एक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेको स्थानीयले बताएका छन् ।खुकुरी प्रहार गर्ने बाबुकाजीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया