“प्रथम पिण्डेश्वरी कप”आयोजना हुदै:प्रथम पुरस्कार ४० हजार गलौदी,च्याङ्ली र पिण्डेश्वरी युवा क्लबको संयुक्त आयोजनामा प्रथम पिण्डेश्वरी कप आयोजना हुने

  तपाईंको न्यूज |

१० जेष्ठ २०८२, शनिबार २२:५२

गजुरी/धादिङ
गलौदी युवा क्लव, च्याङ्‌ली युवा क्लव र पिण्डेश्वरी युवा क्लवको संयुक्त आयोजनामा प्रथम पिण्डेश्वरी कप आयोजना गरिएको छ।तीन युवा क्लबको संयुक्त आयोजनामा गजुरी गाउँपालिका वडा नं.५ भिमसेनस्थानमा रहेको धार्मिक आस्थाको धरोहर पछिल्लो समय धार्मिक तथा पर्यटकिय हबको रूपमा रहेको पिण्डेश्वरी मन्दिरको नामबाट प्रथम पिण्डेश्वरी कप आयोजना गरिएको आयोजक युवा क्लबले तपाईंको न्यूजलाई बताए।

यहीँ जेठ२२ गते गजुरी-५ गलौदी खेल मैदानमा हुने प्रथम पिण्डेश्वरी कपको प्रथम पुरस्कार ४० हजार नगदसहित ट्रफि,पदक र प्रमाणपत्र रहेको छ, भने दोस्रो पुरस्कार २० हजार नगदसहित ट्रफि,पदक र प्रमाणपत्र रहेको छ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद”भन्ने मुल नाराको साथ हुन लागेको प्रथम पिण्डेश्वरी कपको प्रवेश शुल्क ४ हजार रहेको छ।

प्रतिक्रिया