टोकियो
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई जापानमा भव्य स्वागत गरेका छन् ।
जापानको टोकियोमा हुने एशिया फ्याशिफ़िक टेक्नोलोजी बारे मन्त्री स्तरीय बैठकमा सहभागी हुन आज बुधवार हानेदा विमानस्थलमा मन्त्री गुरुङलाई भव्य स्वागत गरेका हुन ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, जापानको विभागीय मन्त्रालयका उच्च स्तरीय अधिकारीहरू, प्रवासी नेपाली मंच जापानका अध्यक्ष तथा पदाधिकारीहरू र एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे तथा पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, नेपाली ब्यवसायी संघ जापानका उपाध्यक्ष शिब हरि पौडेल लगायत् जापानवासी नेपालीहरूको बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया