नेपाल बौद्धिक परिषद्का नवनिर्वाचित अध्यक्ष ई. गजेन्द्र थपलिया द्वारा पदभार ग्रहण दबाव र प्रभाव भन्दा माथि उठेर बुद्धि र विवेकका साथ राष्ट्र जनता र पार्टी प्रति सधैं कर्तव्यनिष्ठ,जिम्मेवार भई काम गरिरहनेछु:अध्यक्ष थपलिया

  तपाईंको न्यूज |

२० जेष्ठ २०८२, मंगलवार ०९:२७

काठमाडौं
नेपाल बौद्धिक परिषदको ११ औ राष्ट्रिय अधिवेशनबाट आईतबार अध्यक्षमा निर्वाचित भएका ईन्जिनियर थपलियाले आज मंगलबार पदभार ग्रहण गरेका छन्।निर्वाचन प्रक्रियाबाट थपलियाले १५४ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिस्प्रधि दिपेन्द्र भण्डारीले १०४ मत पाएर पराजित भएका थिय।थपलिया सहरी तथा भौतिक पुर्वाधार एवं विकास विज्ञको रूपमा परिचित छन् ।

पदभार ग्रहण गर्दै थपलिया भन्छन् नेपाल बौद्धिक परिषदको अध्यक्षको रूपमा कार्यभार समालेर औपचारिक रूपले काम प्रारम्भ गर्न पाउँदा गौरवान्वित महशुस गरेको छु। राष्ट्र, जनता र पार्टी प्रति सधैं कर्तव्यनिष्ठ, जिम्मेवार भई दबाव र प्रभाव भन्दा माथि उठेर बुद्धि र विवेक प्रयोग गरेर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

नवनिर्वाचित अध्यक्ष गजेन्द्र थपलियाले नेपालमा तुईन विस्थापित गर्न,माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, र मध्यपहाडी लोकमार्ग र किर्तिपुर क्रिकेट मैदान निर्माण लगायतको नेपालको थुप्रै ठुला ठुला परियोजनामा योगदान पुर्यायका व्यक्ति हुन्। थपलिया नेकपा एमालेको शहरी विकास विभाग सचिव समेत हुन्।गत शनिबार
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय अधिवेशनको उद्घाटन गरेका थिय।सोही अधिवेशनलाई सम्बोधन गर्दा बोलेको म जनताको ‘झोले’हु शब्द यतिबेला टेन्डिङ्मा छ।

प्रतिक्रिया