सहयात्री समाज नेपाल धादिङको अध्यक्षमा उर्मिला रेग्मी रुपाखेती सर्वसम्मत

  तपाईंको न्यूज |

२५ जेष्ठ २०८२, आईतवार ०४:५९

धादिङ
सहयात्री समाज नेपाल धादिङको अध्यक्षमा उर्मिला रेग्मी रुपाखेती सर्वसम्मत चयन भएका छन्। गिता खनालकाे अध्यक्षतामा सम्पन्न भएकाे संस्थाको सातौं अधिवेशनले रेग्मीलाई अध्यक्ष सर्वसम्मत गर्दै ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

शनिबार भएकाे अधिवेशनले उपाध्यक्षमा संगिता कँडेल,सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिमरन सुनार , सदस्यहरुमा सुशीला घिमिरे, मिना खान ठकुरी,आकृती कट्टेल, उर्मिला श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो।सहयात्री समाज नेपालले धादिङको सदरमुकाम धादिङवेसिमा सुरक्षित आवासगृह संचालन गरिरहेकाे छ।

प्रतिक्रिया