जापानमा छन् ९० लाखभन्दा बढी खाली घरहरू! – “आकिया” संकटको यथार्थ

  तपाईंको न्यूज |

५ असार २०८२, बिहीबार ११:१६

जापान
जापानमा जनसंख्या तीव्र गतिमा घट्दै गएको छ, र यसकै प्रत्यक्ष प्रभावस्वरूप देशभर झण्डै १४ प्रतिशत घरहरू खाली छन्। यस्ता घरहरूलाई जापानी भाषामा “आकिया (空き家)” भनिन्छ।

खाली घरहरू प्रायः ग्रामीण क्षेत्रमा पाइन्छन्। जब बुढाबुढीहरू बित्छन् वा सहरतिर बसाइँ सर्छन्, ती घरहरू प्रयोगविहीन बन्छन्। युवा पुस्ताले रोजगारी र सुविधाका लागि शहर रोज्ने गरेका छन्, जसले गर्दा गाउँहरू दिनप्रतिदिन रित्तिँदै गएका छन्।

जापान सरकारको पहल – आकिया बैंक यी घरहरूको पुनः प्रयोग र व्यवस्थापनका लागि जापान सरकारले “आकिया बैंक” सञ्चालनमा ल्याएको छ। इच्छुक व्यक्तिहरू त्यहाँ दर्ता भई सस्तो मूल्यमा घर किन्न सक्छन्। केही स्थानहरूमा त घर किन्दा अनुदान, कर छुट, र पुनर्निर्माण सहयोग समेत उपलब्ध छ!

जनसंख्या घट्दै गर्दा घरको माग घटे पनि, सरकार र स्थानीय निकायहरूले यस समस्याको समाधान गर्न विभिन्न रचनात्मक उपायहरू अपनाइरहेका छन्।

प्रतिक्रिया