धादिङका १३ पालिकाको १० अर्बभन्दा बढीको बजेट सार्वजनिक:कुन पालिकाको कति?

  तपाईंको न्यूज |

११ असार २०८२, बुधबार १८:४७

धादिङ जिल्लाका १३ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन्।१३ स्थानीय तहमा २ नगरपालिका र ११ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १० अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्।सबै पालिकाले संविधान अनुसार असार १० भित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

जिल्ला कुल बजेट १० अर्बभन्दा बढी छ।त्यस मध्ये १३ पालिकामा सबैभन्दा बढि बजेट ल्याउनेमा निलकण्ठ नगरपालिकाले १ अर्व २२ कराेड ल्याएको छ भने कम ल्याउनेमा खनियाबास गाउँपालिकाले ४४ कराेड१५ लाखको बजेट ल्याएको छ।त्यसैगरी सबैभन्दा पहिले बजेट ल्याउनेमा सिद्धलेक गाउँपालिका परेको छ।सिद्धलेकले असार ५ गते बजेट ल्याएको थियोे।कुन पालिकाले कति सार्वजनिक गरे विस्तृतमा:

पालिकाको नाम बजेट रकम:
नीलकण्ठ नगरपालिका-१ अर्ब २२ करोड
धुनिवेशी नगरपालिका-९५ करोड २० लाख
थाक्रे गाउँपालिका-९३ करोड १२ लाख
बेनीघाट रोराङ गाउँपालिका-९३ करोड ३० लाख
गल्छी गाउँपालिका-७३ करोड ४५ लाख
गजुरी गाउँपालिका-६७ करोड २२ लाख
ज्वालामुखी गाउँपालिका-६४ करोड ८ लाख
त्रिपुरासुन्दरी गाउँपालिका-६४ करोड ९० लाख
गंगाजमुना गाउँपालिका-६२ करोड ११ लाख
सिद्धलेक गाउँपालिका-६० करोड ५७ लाख
नेत्रावती डबजोङ गाउँपालिका-४६ करोड २७ लाख
रुवी भ्याली गाउँपालिका-४५ करोड ४७ लाख
खनियाबास गाउँपालिका-४४ करोड १५ लाख

प्रतिक्रिया