काठमाडौं
एमालेका युवा नेता प्रकाश पौडेलको नेतृत्वमा अघि बढिरहेको सहारा अभियान (#SaharaNepal) देशभर तीव्र गतिमा फैलिँदै गएको छ।देशका ७७ वटै जिल्लामा Frontline Team तयार भइसकेको सहारा अभियानले युवालाई संगठित गर्दै विभेद, अन्याय र राज्यको बेवास्ताविरुद्ध विद्रोहको मोर्चा खडा गरिरहेको छ।
नेता पौडेलले अभियानको उद्देश्यबारे भनेका छन्:
“सहारा भनेको भेला होइन, विद्रोहको सङ्कल्प हो। जब राज्य चुप हुन्छ, जनताको पक्षमा सहारा बोल्छ। हामी युवाहरू विभेदको विरुद्धमा संगठित हुँदैछौं।”
अब सहारा अभियान विभेद, बेवास्ता र असमानताको विरुद्धमा देशव्यापी आन्दोलनको स्वरूप लिँदै गएको देखिन्छ।”विपद्मा सहारा विभेद्मा विद्रोह”भन्ने नाराका साथ अघि बढेको अभियानमा जाेडिनकाे लागि अपिल गर्दै क्यूआर कोड समेत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया