गल्छि/धादिङ
१४ औ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस धादिङले आज १३ वटै स्थानीय तहमा अधिवेशन सुरुगरेको छ । कतिपय स्थानीय तहमा दुई समुह बीच चुनावी प्रक्रियामा गएको छ।भने कुनै स्थानीय तहमा सहमतिमा निर्बिरोध चयन गरिएको छ।
नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत गल्छि गाउँपालिकाको अधिवेशनले दिपक कुमार कार्कीलाई सर्बसहमत सभापति चयन गरेको छ ।गल्छी गाँउपालिकाको छाङ्गेश्वर मन्दिर परिसरमा भएको अधिवेशनमा पुर्व कल्लेरी गाविसका सभापति भाईकाजी तिवारी र दिपक कुमार कार्की बिच सहमति गरेर कार्कीलाई सभापति चयन गरेको नेपाली काङ्ग्रेस गल्छिले जानकारी दिएको छ।जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन् । जस अन्तर्गत गल्छि गाउँपालिकामा १३५ जना रहेका छन् ।
प्रतिक्रिया