धादिङ, १५ कात्तिक
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सडक मार्ग हुँदै चितवन जानेक्रममा धादिङका विभिन्न स्थानहरुमा भव्य स्वागत गरिएको छ ।
गाडी यात्राको क्रममा बीच बाटोमा स्थानीय बासीले ओलीलाई ठाउँठाउँमा स्वागत गरेका हुन् । केपि ओली क्रेज राजमार्गमा जताततै देखिएको छ ।केपि ओली राजमार्गमा आउने खबर पाएपछि गाउँगाउँबाट स्वागतमा वृद्धवृद्धा, महिला, युवा र कार्यकर्ताको भीड थियो ।धादिङको राजमार्गमा पर्ने मुख्य बजार धुनिबेसी, महादेबबेसी,गल्छी, आदमघाट, गजुरी,मलेखु लगायतका स्थानहरुका केपि ओली हेर्न र स्वागत गर्न स्थानीय हर्षका साथ सहभागी भएका थिए । गल्छी गाउँपालिकाको भल्टारमा केपि ओलीले सम्बोधन गर्ने आशामा पत्रकारहरु समेत जम्मा भएका थिए । तर केपि ओलीले सम्बोधन नगरि सम्मान थापेरका थिय।
नेकपा एमाले केन्द्रीयको राष्ट्रिय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गरि भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्ने कार्यक्रम केपि ओलीको रहेको छ ।ओली १६ गते माडी अयोध्याधाम पुग्ने कार्यक्रम तय गरिएको छ ।अध्यक्ष ओलि सङ्गै नेता प्रभु शाह पनि रहेका थिय।
प्रतिक्रिया