१७कार्तिक २०७८, धुनिबेशी
धुनिबेशी नगरपालिकामा बालमैत्रि स्थानीय शासन कार्यान्वयको चरण अन्तर्गत वडा नंं ८ मा वडा स्तरिय बालअधिकार समितका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बालमैत्रि स्थानीय शासन भनेको के हो ?, किन बालबालिकाहरुमा लगानी गर्ने, वडा बालअधिकार समिति किन गठन गरिन्छ? वडा समितिको संरचना, समितिको काम, कर्तव्य र अधिकार लगायतको विषयमा छलफल भएको थियो । यसै वडाका वडा सदस्य गिता खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाधिकारी र सरोकारवाला सहित १३ जनाको सहभागिता रहेको थियो । बालमैत्रि स्थानिय शासन स्थानिय तहमा बाल अधिकार सुनिश्चित गर्न ल्याईएको शासकिय अवधारणा अन्तर्गत बालमैत्रि स्थानीय शासन कार्यान्वयन निर्देशिका , २०७८ जारी भएको छ । यसले बालअधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण , बाल विकास, र बाल सहभागीतालाई मुख्य आधार बनाएको छ । बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सजिता मुडभरिले बताउनु भयो । प्रयास नेपाल धादिङको सहयोग तथा धुनिबेशी नगरपालिको समन्वयमा संचालन भएको यस कार्यक्रममा प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुनिता कडेलले सहजिकरण गर्नु भएको थियो । विश्व शिक्षा नेपाल र प्रयास नेपाल धादिङको साझेदारिमा संचालित सकि्य परियोजना यस नगरपालिकामा २ बर्ष देखि संचालन भईरहेको कार्यक्रमका अनुगमन तथा मुल्यांकन अधिकृत राजेन्द्र चेपाङले जानकारि दिनुभयो ।
धुनिवेशी नगरपालिकाको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण रेग्मीको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति समेत गठन गरिएको पनि महिला बालबालिका शाखा प्रमुख सजिता मुडभरिले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया