गजुरी सामुदायीक विकास समाजले पायो धादिङ जिल्ला टि–२० क्रिकेटको उपाधी

  सम्पादक |

धादिङ १८ कात्तिक

धादिङ जिल्ला क्रिकेट संघले कात्तिक ११ गते देखि आयोजना गरेको टी २० क्रिकेट प्रतियोगिता गजुरी सामुदायीक विकास समाजले जितेको छ । गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधी जितेको हो ।

टस जितेर ब्याटिङका लागि आएको गजुरीले २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ११० रन जोडेको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौकाको मद्दतले २८ रन जोडे। सुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडे । गजुरीका ६ ब्याटरले भने रन आउट मार्फत आफ्नो विकेट गुमाएका थिए ।

प्रतियोगिता समापन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले पुरस्कार वितरण गर्दै आफु खेलकुद विकासमा संधै लागि रहने प्रतिवद्धता जनाएका थिए । विजेता गजुरीले नगद १ लाख सहित ट्रफी प्रमाण पत्र पाएको छ भने भने उप विजेता त्रिपुरासुन्दरी क्रिकेट टिमले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रथम पुरस्कार गजुरीलाई हस्तान्तरण गर्दै अन्तराष्ट्रिय धादिङ समाजका उपाध्यक्षद्वय दिनेश तामाङ र काशी दनैले समाज धादिङमा हुने हरेक सामाजिक कार्यमा हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

प्रतियोगिताको लागि नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका र टोयोटा कम्पनीले २–२ लाख, प्रथम पुरस्कारको लागि ब्राण्डिङ पाट्नर अन्तराष्ट्रिय समाज धादिङले १ लाख अन्य व्यक्ति एवम् संस्थाहरुले समेत आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया