धादिङ/तपाईंको न्यूज संवाददाता
साहित्यको नविनतम काव्य प्रविधा धादिङे चेलि शर्मिला तिमल्सिनाको अक्षता र अम्बिका धितालको अक्षय बाछिटा कृतिको विमोचन गरिएको छ ।
बाछिटा प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राधयापक डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा बाछिटा कृतिका विमोचन गरिएको थियो।कार्यक्रमलाई सम्वोधन गर्दै प्रा.डा. पौडेलले ११ एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्न पहल गर्ने बताउनुभएको छ । तिमल्सीनाले लेख्नुभएको अक्षता नामक बाछिटामा ३ सय ६० बाछिता संग्रहित छ ।
बाछिटा प्रबद्र्धक अमर त्यागीले बाछिटा विधा शुरु भएको छोटो समयमा नै आशा गरे भन्दा बढि बाछिटाकारहरुको उदय भएको र सो विधा प्रतिकात्मक र बिम्बात्मक हुनु पर्ने बताउनुभएको छ ।
अक्षता कृतिका स्रष्टा धादिङको गजुरी गाउँपालिकाकी शर्मिला तिमल्सिनाले बाछिटा लेख्ने महिलाहरुको संख्या बढि भए पनि कृति समावेशमा भने महिलालाई शून्य सिटमा समेत राखिएको तीतो यथार्थ र उपल्लो दर्जामा समेत महिला न्यून रहेकोमा दुःख व्यक्त गर्नुभयो । कानून अनुसार महिलाहरुलाई सहभागिता गराउनु पर्नेमा जोड दिनुभयो ।समारोहमा शेष पौडेल, नारायण गैरे, चेतनाथ धमला, खगेन्द्र बस्याल, विष्णु भट्टराइले आ (आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया