धादिङ/गजुरी
तपाईंको न्यूज संवाददाता
दशै सकिए लगत्तै तनहुं र कास्की जिल्लाका छ परिवारका १० जना बोटे समुदायका मानिसहरु यतिवेला त्रिशुली किनारमा बालुवा चालेर सुन निकाल्दैछन् । उनीहरु भुइँमा उज्यालो खसेदेखि बगरमा पाँगो र साना साना ढुंगा जमेको बगर सुन पाउने आशामा साँझसम्म खोतल्छन् । उनीहरुको बसाईपनि नदी किनारमै छ । दिनभरी पानी खेलाउनु पर्ने र साँझपनि बगरमै बस्नु पर्ने रहर नभई बाध्यता भएको उनीहरु बताँछन् । त्रिशुली नदीको चिसोको कुनै प्रवाह नगरी नदि किनारमा गएर कष्टसंग जिवन बिताउनु बोटे समुदायको रहर भने होइन ।
घर खर्च चलाउन, बालबच्चाको लालनपालन र दुई, चार पैसा कमाउन उनीहरु नदी किनारमा वालुवा चालेर सुन निकाल्दै आएका हुन् । बोटे तथा माझी समुदायका मानिसहरु हरेक भदौ देखि जेठसम्म नदी किनारमा बालुवा चालेर सुन खोज्न व्यस्त हुने गरेको मान बहादुर बोटेले बताए ।
खोला तथा नदि किनारमा बालुवा चालेर सुन खोज्ने गरेका बोटे समुदायले हरेक वर्ष को भदौदेखि असारसम्म ६ महिना ठुला नदिको किनारामा बिताउंछन्।ग्कभ म्याग्दे गाँपालिका बोटटारका आस बहादुर बोटे ६० वर्षका भए । आफु यसरी नदी बगर चारेर बालुवाबाट सुन निकाल्न थालेको ४८ वर्ष भएको उनले बताए । अहिलेसम्म नुनु बेचर नुन किनेर परिवार पाल्न बाहेक केही गर्न नसकेको आस बहादुरले बताए ।
आफुहरुले निकालेको सुन बजारमा चलेको मूल्यको ७५ प्रतिशत मूल्यमा सुन पसलमा विक्री हुदै आएको उनले बताए । आफुहरु बाउको पछि लागेर बालुवा चालेर सुन निकाल्न जानियो । यही नै गरियो । बाउहरुले सुन खोजेर परिवार चलाउन गाह्रो भएको देखेर छोराहरु अन्य काम तिर लागेकोले अबको केही वर्षमा बालुवा चालेर सुन निकाल्ने मान्छे नहुन सक्ने आस बहादुरले बताए ।
प्रतिक्रिया