गजुरीका राजु बर्तौला द्वारा नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधीको उम्मेदवारी घोषणा

  सम्पादक |

धादिङ,कात्तिक ३
नेपाली काङ्ग्रेस धादिङ क्षेत्र नं.१ का क्षेत्रीय प्रतिनिधि राजु बर्तौला द्वारा खस आर्य तर्फबाट  वाग्मती प्रदेश प्रतिनिधीको उम्मेदवारी घोषणा गरेका छन्। परिवर्तन संसारको नियम हो।हामी परिवर्तन हुन सकेनौं र एउटै ब्यक्तिलाई पटक पटक नेतृतब सुम्पियौ,भने हाम्रो लक्ष्य प्राप्त नहुन सक्छ,त्यसैले नेत्तृत्व परिवर्तन गर्ने सोच राखौं भन्ने कुरालाई आत्मसाथ गर्दै उम्मेदवारी घाेषणा परेको राजु बर्तौलाले बताए ।२०५१ सालदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा होमिएका बर्तौला निडर र हक्कि स्वभावका छन् ।

राजनीतिक शास्त्र अध्ययन गरेका उनी बिद्यार्थी कालदेखि नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघमा आबद्द रहेर काम गरेका थिय।अन्याय अत्याचार र विभेदको विरुद्ध खरो रूपमा उत्त्रने उनी बिपक्षी लाई पनि सहयात्री बनाउने उनको गुण हो।बिचारको राजनीति गर्ने बत्तौला राजनीति किन र कस्का लागि गर्ने भन्ने बुझेका प्रलोभनमा नपर्ने गरिब र अप्ठ्यारो परेकालाई सहयोग गर्ने सहयोगी र धनी मन भएका नेपाली काङ्ग्रेसको उदाउँदो एक युवा नेता हुन्।

प्रतिक्रिया