धादिङ,मङ्सिर ३
नेकपा एमाले धादिङले १० औ राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट १७ हजार भन्दा बढि जनालाई सहभागी गराउने भएकाे छ ।
नेकपा एमाले धादिङले शुक्रबार बसेको तयारी बैठकले सबै गाउँ/नगर पालिकाबाट महाधिवेशनमा जिल्लाकाे व्यानर सहित सहभागिता जनाउने निर्णय गरेकाे छ ।
पार्टी अध्यक्ष भुमि त्रिपाठीकाे अध्यक्षतामा भएकाे बैठकले धादिङ जिल्लाबाट २०० भन्दा बसमा व्यानर सहित सहभागिता जनाउने जिल्ला पार्टी प्रचार विभाग प्रमुख राधिका सापकाेटाले बताउनुभयो ।एमालेकाे १० औ राष्ट्रिय महाधिवेशनमा सहभागी हुनेहरुलाई स्वागत गर्न राजमार्ग क्षेत्रका सबै वडा र बजारहरुमा स्वागत गेट बनाईने छ । नेकपा एमाले धादिङ जिल्लाले मंसिर १० गते चितवन जाऔ नेकपा एमालेको राष्ट्रिय महाधिवेशनलाई भव्य रूपमा सफल बनाऔ भनेर सार्वजनिक आब्हान गर्दै तामाङ, नेवारी, नेपाली, मगर भाषामा आग्रह गरेकाे छ ।
प्रतिक्रिया