काङ्ग्रेस धादिङका युवा नेता मोहन पण्डितद्धारा वागमती प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा

  सम्पादक |

धादिङ मङ्सिर ४
नेपाली काङ्ग्रेस धादिङका युवा नेता मोहन पण्डितद्धारा महाधिवेशन,प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । भद्र र शालिन नेता मानिने पण्डित नेपाली काङ्ग्रेस धादिङका प्रखर बक्ता एवं उदयमान एक युवा नेता हुन्।
पण्डितले धादिङ क्षेत्र नं. १ (ख) बाट बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर उनले पार्टीका क्षेत्रीय प्रतिनिधि अर्थात मतदाता एवं पार्टीका विभिन्न नेताहरुसंग भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।लामो समय नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको राजनीति गरेका पण्डितले विद्यार्थी आन्दोलनका क्रममा जेल जीवनसमेत भोगेका छन् ।

युवा नेता पण्डित धादिङको गजुरी गाउँपालिका-५ मा रहेको जिल्लाकै पुरानो बिद्यालय गजुरी पिण्डा माविका विद्यालय व्यवस्थापन समिति निवर्तमान अध्यक्ष पनि हुन्।समितिको अध्यक्षमा रहेर उनले विद्यालयको शैक्षिक एवं भौतिक सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नेता पण्डित पोखरास्थित नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिको सल्लाहकार र धादिङ पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष भएर धादिङवासीको सेवामा सक्रिय रहेका उनी काङ्ग्रेस धादिङले सङ्गै अन्य पाटिका युवा बर्गले रुचाउने नेतामा पर्दछन्।

 

प्रतिक्रिया