केही व्यक्तिले पार्टी छाड्दैमा एमाले कमजोर हुदैन:स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे

  सम्पादक |

धादिङ,मङ्सिर ४
केही व्यक्तीले पार्टी छाड्दैमा एमाले कमजोर नहुने नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनुभएको छ ।

पार्टी फुटेको नभई पार्टी अझै शसक्त र एक ढिक्का भएको पाण्डेले बताउनुभयो । धादिङको गल्छी गाउँपालिकाको अधिवेशन शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आगामी मंसिर १० देखी १२ गते सम्म हुने एमालेको १० औं महाधिवेशनले राष्ट्रिय एकताको सन्देश दिने समेत बताउनुभयो ।

केहि असन्तुष्ट व्यक्तीहरु अन्तरसंघर्ष गर्न नसकेर पार्टीबाट बाहिरिएको भन्दै उहाँले एमालेको दशौं अधिवेशन राष्ट्रिय एकताको राष्ट्रिय अधिवेशन हुने दावी गर्नुभयो । एमाले जनताको मनमनमा छ, गलत उद्धेश्य बोकेर बनेका गठबन्धनलाई जनताले चुनावमा पराजित गर्ने र एमालेको एकल सरकार बन्न कसैले रोक्न नसक्ने समेत पाण्डेको दावी थियोे ।

कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सचिव एवं संघिय संसद खेम प्रसाद लोहनी ,जिल्ला पाटि अध्यक्ष एवं संघिय संसद भुमि प्रसाद त्रिपाठि,प्रदेश संसद डा.रामकुमार अधिकारी,जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाल,युवा संघ धादिङ अध्यक्ष दिपक खतिवडा लगाएत जिल्लाका अन्य नेताहरूको आतिथ्यता रहेको थियोे।जनगायक बद्री पंगेनी, हाँस्य कलाकार राजा राजेन्द्र लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो । अधिवेशनले नयाँ कार्यसमसतिको चयन गर्नेछ।

प्रतिक्रिया