धादिङ, ८ मसिंर
धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला स्तरीय नवौं एन्फा लिग प्रतियोगिताको फाईनलमा धुनीबेसी युवा क्लव र विद्यार्थी उपकार संघ पात्ले प्रवेश गरेका छन् ।
आजको पहिलो सेमिफाईनल खेल धुनीबेसी र गजुरी बीच भएको हो । पहिलो खेलमा गजुरीलाई पेनाल्टीमा हराउँदै धुनिबेशी फाइनलमा प्रबेश गरेको हो ।
त्यस्तै दोस्रो खेल विद्यार्थी उपकार संघ पात्ले र धादिङ समाज धादिङ बीच भएको थियो । दोस्रो खेलमा धादिङ समाजलाई शुन्यको विरुद्ध ४ गोल गर्दै उपकार संघ फाइनलमा प्रवेश गरेको एन्फा धादिङका महासचिब रामहरी थापाले बताउनुभयो ।
विजेता क्लवले नगद १ लाख सँगै प्रदेश स्तरीय प्रतियोगिताको लागि धादिङबाट छनोट हुनेछ ।
यस्तै उप विजेताले ५० हजार पाउने आयोजकले जनाएको छ । सेमिफाइनलमा रोकिएका गजुरी सामुदायिक विकास समाज र धादिङ समाज धादिङले रु १२ हजार ५ सय नगद पाउने आयोजकले जनाएको छ । फाइनल खेल भोलि हुने एन्फा धादिङले जनाएको छ ।
प्रतिक्रिया