राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ। पछिल्लो मत परिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् । अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन् ।
राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए । ४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया