काँग्रेस अधिबेशन:बागमतीमा कसैको पनि आएन बहुमत सभापतिमा फेरि आज चुनाव हुने

  सम्पादक |

नेपाली काँग्रेसको बागमती प्रदेशको सभापति चयनका लागि फेरि मतदान हुने भएको छ। पहिलो चरणको चुनावमा तीन उम्मेदवार कसैको पनि बहुमत नआएपछि दोस्रो चरणको चुनाव हुने भएको हो । चुनाव आजै हुनेछ । चुनावी मैदानमा रहेका उम्मेदवारहरु इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नल्याएपछि चुनाव दोस्रो चरणमा गएको हो ।

बानियाँले ९९२ मत ल्याए भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याए । नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५१ प्रतिशत मत आउनुपर्ने हुन्छ । जसअनुसार अब बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने छ । त्यसका लागि पौडेल पक्षका केसी र देउवा पक्षका बानियाँबीच प्रतिस्पर्धा हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया