✍️ नबराज लामिछाने:(कबिता)औकात

  तपाईंको न्यूज |

१९ मंसिर २०७८, आईतवार १६:०३

कबिता:औकात
हिजो मेरो मायाको तिमिले औकात खोज्यौ, मलाई छाडि पराई रोज्यौ, सौखीन जीवन कार चडि हिड्यौ।
माया बेची महल किन्यौ
सुनेकोछु भुईचालोले महल ढल्योरे, नेपाल बन्दमा तिम्रो गाडि जल्योरे,
पाल मूनीको बास छरे
तिम्रो मुहार उदास छरे,
ग्यास नपाएर तीन दिन देखि भोको छौरे, अतित सम्झि धुरुधुरु रोको छौरे,
घरमा उ अबेर आउछरे,अनाहकमा तिम्लाई थप्पड लाउछरे,
पश्चतापले तिम्रो मन खाईरहेछ, आज तिम्रो मेरो औकात मिल्न आईरहेछ, त्यो मनले अतित चाहिरहेछ।
तर के गर्छौ हामी दुबैलाइ अतीत ले गिज्याईरहेछ अतीत ले गिज्याईरहेछ…..

प्रतिक्रिया