धादिङको गजुरी गाउँपालिका वडा नं.४ मा रहेको जलकन्या आधारभुत विद्यालयको भवन उद्घाटन गरिएको छ।जिल्ला शिक्षा तथा समन्वय ईकाइ धादिङको एक करोड छ लाख र गजुरी गाउँपालिकाको करिब दस लाखमा चार कोठे पक्कि भवन,दुई काेठे टिएलसि र शौचालयको सोमबार वडा अध्यक्ष सुरेन्द्र चेपाङ द्वारा उद्घाटन गरिएको हो।
गजुरी गाउँपालिकाको माथिल्लो क्षेत्रमा पर्ने जलकन्या आधारभूत विद्यालयमा चेपाङ बालबालिकाले अध्ययन गर्ने गर्दैछन् ।भवन र शौचालय अपांग मैत्री,बालमैत्री र छात्रा मैत्री रहेको वडा अध्यक्ष सुरेन्द्र चेपाङले बताए ।
प्रतिक्रिया