धादिङको थाक्रे गाउँपालिकामा बालमैत्री स्थानिय शासन सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउने अभियानका बारेमा जानकारी गराईएको छ। सहजकर्ताहरुले बालबालिका र बाल अधिकारका बारेमा जानकारी गराउनु भएको थियो।
कार्यक्रममा बालमैत्री स्थानिय शासनका ५१ वटा सुचकहरुका बारेमा जानकारी गराउनुका साथै बालमैत्री स्थानीय शासनका चरणहरुका बारेमा समेत राष्ट्रिय बालमैत्री स्थानीय शासन मञ्चका संयोजक तिलोत्तम पौडेलले सहजिकरण गर्नु भएको थियो ।
त्यसै गरी राष्ट्रिय बालमैत्री स्थानीय शासन मञ्चका सदस्य हरिबोल आचार्यले बालमैत्री स्थानीय शासन अवलम्बन कार्यान्वयन र घोषण क्रममा ध्यान दिनुपर्ने चरणहरुको बारेमा जानकारी गराउनु भयो ।
धादिङको थाक्रे गाउँपालिकाको आयोजना रहेको कार्यक्रममा युनाईटेड मिसन टु नेपाल, सिड्स नेपाल धादिङ र राष्ट्रिय बालमैत्री स्थानीय शासन मञ्चको सहकार्यमा भएको दुई दिने कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य,उपाध्यक्ष अम्बिका रुपाखेती,विभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरु,सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती,शाखा प्रमुख तथा प्रतिनिधी, विद्यालयका प्र.अ,महिला स्वास्थ्य स्वंयमसेवीका, प्रहरी र संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया