रुपान्तरण तथा सुरक्षात्मक तालिम सम्पन्न

  सम्पादक |

रुपान्तरण तथा सुरक्षात्मक तालिम
बाल विकास समाज, कपन काठमाण्डौ र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी साथै कीर्तिपुर नगरपालिका र काठमाण्डौ महानगरपालिका वडा न. १६ को समन्वयमा “बाल संरक्षण तथा समुदायमा आधारित स्पोन्सरसिप परियोजना” विगत २ वर्षदेखि बालबालिकाको समग्र माया, संरक्षण र शसक्त बनाउने उदेश्यले संचालन भईरहेको छ । सोही परियोजना अन्तर्गत बालबालिकामा सिप र क्षमता अभिवृद्धिका लागि मंसिर २३ गते देखी पौष ६ गते सम्म २२ जना स्थानिय तहबाट छनौट गरी पठाईएका साथी शिक्षकहरुलाई “जीवनउपयोगी (रुपान्तरण) तथा सुरक्षात्मक (प्रोटेक्टीभ) सिप १३ दिने प्रशिक्षकहरुको प्रशिक्षण तालिम गल्र्स किकको सहजीकरणमा सु सम्पन्न भएको जानकारी बाल विकास समाजका संरक्षण अधिकृत प्रकाश सुनुवारले जानकार गराउनु भयो ।

तालिम पूर्व जीवनउपयोगी (रुपान्तरण) तथा सुरक्षात्मक (प्रोटेक्टीभ) सिप सम्बन्धी केही जानकारी नभएको तर तालिम पश्चात् आत्मजागरण, आत्मरक्षा, पारिवारीक सम्मान, बालमैत्री वातावरण, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको अभिमुखिकरण, लैङ्खिकतामा आधारित विभेदको पहिचान र संरक्षण र पोषण आदि जस्ता विषयबस्तुको जानकारी पाएको र तालिमप्रति जति पनि लगानी रहेको छ सो हामी खेर जान दिने छैनौ भनि साथी शिक्षक बिभिषन अधिकारीले बताउनु भयो ।

तालिमको अन्तिम दिन स्थानिय तहका सरोकारवालाहरु जसमा महिला सेल, कीर्तिपुर न.पाका बाल अधिकार समितिका संयोजक, सामाजिक शाखा प्रमुख, काठमाण्डौ महानगरपालिका वडा न. १६ बाल अधिकार समितिका सह सचिव, पत्रकार साथै वल्र्ड भिजन र बाल बिकास समाजका प्रमुख ब्यक्तित्वहरु बीच सहभागी साथी शिक्षकहरुसगं लगभग २ घण्टासम्म बाल अधिकार विरुद्धका सवालहरु र सवालहरुलाई न्यूनिकरण गर्न के के भूमिका निभाउनु भएको छ ? भन्ने प्रश्नमा प्रभाबकारी अन्तरक्रिया भएको बाल विकास समाजका कार्यकारी निर्देशक कृष्ण प्रसाद सुबेदीले बताउनु भयो ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपालले धेरै साझेदारी सस्थाँहरुसगं मिलेर बाल संरक्षण,बालबालिकाको हकहित लाई सम्बद्र्धन गर्न साथै बाल अधिकार विरुद्धका सवालहरुलाई न्यूनिकरण गर्न स्थानिय सरोकारवालाहरु सग समन्वय गरी बिविध परियोजनाहरु सञ्चालन गरिरहेको र अझ आगामी दिनमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि सहकार्य गर्न आवान वल्र्ड भिजनका शहरी कार्यक्रम ब्यवस्थापक गीता ढंगोलले बताउनु भयो ।

स्थानिय तहका सरोकारवालाहरुको सहभागीताले तालिम अझ अर्थपूर्ण रहेको र आगामी दिनमा यस्तै सहकार्यको अपेक्षा सहित सम्पूर्णलाई धन्यावाद ज्ञापन वल्र्ड भिजनका परियोजना संयोजक अन्जु भट्टुराईले ब्यक्त गर्नु भयो ।
अन्तमा, १३ दिनको तालिम सकिएको छ तर रुपान्तरणको रुपान्तरण चाँही सुरुवात भएको कुरा सहभागि रक्षा कठाएतल बताउनु भएको थिया साथै सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण सहित, १३ दिन सम्म प्रशिक्षण दिने गल्र्स किकंका सम्पूर्ण टिम लगायत सहभागीहरुलाई धन्यावाद ज्ञापनका साथ कार्यक्रमको समापन सस्थाका कार्यक्रम व्यवस्थापक प्रदिप कुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया