धादिङ जिल्लाको बेनिघाटरोराङ गाउँपालिका वडा नं. ३ ओर्वाङमा विद्यार्थीहरुलाई बिहिबार कपडा वितरण गरिएको छ ।
ओवाङ आधारभुत विद्यालयका विद्यार्थीहरुलाई अमेरिका निवासी रामानोज बास्तोला, नवजिवन परोपकार समाज, समाजसेवीहरु गिता अधिकारी, यमुना शर्मा मिरा केशी लगायतको सहयोगमा कपडा न्यानो कपडा वितरण गरिएको हो ।
न्यानो कपडा अभावमा जाडोसंग संघर्ष गरेर विद्यालय आउनु परेको सम्बन्धी समाचार दिव्यदर्शन टेलिभिजनमामा आगो तापेर रात कटाउनुपर्ने बाध्यतामा चेपाङ बालबालिका विषयमा समाचार प्रकाशन भएको थियो । यसका अलावा ईन्सेक अनलाईन, रासस लगाएतका संचारमाध्याममा समाचार प्रकाशित भएपछि सहयोगिहरु रकम संकलन गरि ९५ जना विद्यार्थीहरुका लागि ज्याकेट, जुत्ता मोजा, टोपी, विस्कुट, लगायतका समाग्री वितरण गरिएको हो ।
रामानुज बास्तनेलाले ज्याकेट, टाेपी, माेजा, विस्कुट लगनयतका न्यानाे कपडा, नवजिवन परोपकार समाज शुरबी फाउण्डेशनले सबै बालकालिकाको लागि जुत्ता उपलब्ध गराएको थियो ।
बेनिघाट रोराङ गाउँपलिका वडा नम्बर ३ का वडा अध्यक्ष भुवन त्रिपाठीले सो अबसरमा बोल्दै समाज सेवामा लाग्ने सहयोगि सबैलाई धन्यवाद दिँदै गाउँपालिकाले सबैलाई सहयोग गर्न नसकेको अवस्थामा सहयोगिहरुले सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । सबै दाताहरुबाट संकलन गरि ल्याइएको सामाग्री समस्या भोगिरहेका बालबालिकाहरुलाई दिन पाउँदा खुसी लागेको र आगामी दिनमा समेत सहयोग गरिरहने कपडा वितरणको अबसरमा सहयोगि गिता अधिकारीले बताउनुभयो ।
कार्यक्रममा शुरबी फाउण्डेशनका अध्यक्ष सामाजिक कार्यकर्ता कबिन शाक्य लगायतले शुभकामना दिँदै आफूले समेत यस क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।
समाचारको प्रभावबाट सहयोगिहरुले रकम संकलन गरेर सहयोगका लागि ओर्वाङ आउनुभएको थियो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराइले सहयोगिहरुसंग पालिकाले साझेदारी गरेर स्थानीय सरकारलाई सघाउन आग्रह गर्नुभएको छ।
प्रतिक्रिया