धादिङको गजुरी गाउँपालिका वडा नं.७ भस्मेखर्कमा एक घर एक फिल्टर

  सम्पादक |

धादिङको गजुरी गाउँपालिका वडा नं.७भस्मेखर्कका २१ घरपरिवारले सुरक्षित पानी पिउन थालेका छन। पानी शुद्दिकरणका लागि गाउका सबै घरधुरीले फिल्टर खरिद गरि प्रयोग गर्न थालेकाले भस्मेखर्क सुरक्षित पानी पिउने गाउँ भएको हो । स्थानिय सामुदायिकक समुहको सकृयतामा समुहकै श्रोतबाट खरिद गरिएको फिल्टर बितरण कार्यक्रममा गजुरी ७ का वडा अध्यक्ष केशव अधिकारी अध्यक्षता रहेको थियो।

गजुरी गाउपालिकासँगकाे साझेदारी तथा वडाहरुसँगकाे समन्वयमा सञ्चालित एकीकृत पाेषण तथा खाद्य सुरक्षा कार्यक्रक अन्तर्गत टाेल स्तरिय खानेपानी, सरसफाई र स्वच्छता अभिमुखिकरण पश्चात् समूह सदस्यहरु अाफ्नाे र परिवारकाे स्वास्थ्यप्रति सचेत भई सूरक्षित पानी पिउने गाउँ बनाउने सामुहिक निर्णय गरेका थिए । यसै अवसरमा घर आगन तथा भाँडा वर्तनकाे स्वच्छाकालागि जुठयान ब्यवस्थापन गरी खेर जाने पानी उपयाेग गरी करेसावारी निर्माण गर्न शान्ती नेपालले प्रती घर दुई बोरा सिमेन्ट पनि सहयोग गरेको छ । कार्यक्रममा गजुरी गाउपालिकाका रामशरण डल्लाकोटी, शान्ती नेपालाका सामुदायिक स्वस्थ्य सहजकर्ता सन्ध्या श्रेष्ठ, कृषि प्राविधिक ललिता सुनार लगायत स्थानीय समुदायको सहभागिता रहेको थियो।

सफा र स्वच्छ क्षेत्र घोषणाका सुचकहरु मध्ये भस्मेखर्क गाउमा एक घर एक धारा, भाँडा सुकाउने मचानको व्यवस्था, घर आगन सरसफाइ, हात धुने ठाउमा सबुनको व्यवस्था र सबै परिवारले शाैचालयकाे समुचित प्रयाेग भएको पाइएको छ । पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ ।

यसै गरी जिल्ला समन्वय समिती धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा सबै पालिकालाई सफा र स्वच्छ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ । शान्ती नेपालले गजुरी र बेनिघाट रोराङ गाउपालिकाको साझ्दारीमा ५ बर्षमुनिका बालबालिका र आमाको पोषण स्वास्थ्यमा सुधार गर्ने उदेश्यका साथ सञ्चालित एकीकृत सामुदायिक पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत समुदाय र सराेकारवालाहरुलाई सरसफाईर स्वच्छताबारे पनि सहजिकरण गर्दै आएकाे छ ।

प्रतिक्रिया