सिकाई उपलब्धि बृद्धिको लागि शैक्षिक सरोकारवाला बिच कार्यशाला सम्पन्न

  सम्पादक |

बालबालिकाहरुको सर्बाङ्गिण विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताएका छन् । गजुरी गाउँपालिका बालमैत्री उन्मुख बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको पनि पालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताएका छन् । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेकाे बताउँदै बस्नेतले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य गर्ने बेला आएको बताएका छन् । गजुरी गापा अध्यक्ष बस्नेतले गजुरी गाउँपालिका बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै गजुरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताएका छन् । अध्यक्ष बस्नेतले उक्त कुरा पतालिनी आधारभुत बिद्यालय गजुरी १ ले बिद्यालय विकासमा सरोकारवालाको भुमिका बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम समापनको अवसरमा बताउनु भएको हो।
विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत सर‍ोकारवालाहरुको शैक्षिक ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि शैक्षिक सरोकारवालाहरुको कार्यशाला संचालन गरिएको हो । बिद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ ,प्रधानाध्यापक , शिक्षक र बालक्लब पदाधिकारी लगायत सर‍ोकारवालाहरु उपस्थिति रहेको थियोे । विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ ,प्रधानाध्यापक , शिक्षक र बालक्लब पदाधिकारीको काम , कर्तव्य र भुमिका र उत्तरदायित्व, कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु,आचार संहिता ,बिद्यालय आर्थिक पारदर्शिता, बाल अधिकार , बालबालिका र अभिभावकहरु बिचको सम्बन्ध मझभुत बनाउने तौरतरिका लगायतका बिषयबस्तुमा प्रयास नेपाल धादिङका दशरथ डुवाडी र कपिलदेव सापकोटाले सहजिकरण गर्नु भएको थियो।
शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालाको लागि सहयोग गरिएको कार्यक्रम संयोजक सहदेव पण्डितले बताउनु भयो । गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरि कार्यशाला आयोजना भएको पनि कार्यक्रम संयोजक सहदेव पण्डितले बताउनु भयो । बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ , सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह , अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ,शिक्षक,बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचार संहिता लगायतका बिषयमा प्रयास नेपाल धादिङ कार्यक्रम कपिलदेब सापकोटा , दशरथ डुवाडीले सहजिकरण गर्नु भएको थियोे । कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक,बिद्यार्थी ,अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचार संहिता निर्माण गरिएको र पुर्ण रुपमा कार्यान्वयन गरिने पतालिनि आधारभुत बिद्यालयका प्रधानाध्यापक हरि बहादुर श्रेष्ठले बताउनु भयो । पतालिनि आधारभुत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद ढुड्गानाको अध्यक्षतामा भएको कार्यशाला शुक्रबारबाट शुरु भएको कार्यशाला शनिबार सम्पन्न भएको कपिलदेव सापकोटाले जानकारी दिनु भयो।

प्रतिक्रिया