सिकाई उपलब्धि बृद्धिको लागि विद्यालय विकासमा सरोकारवालाहरूको भूमिका विषयक कार्यशाला सम्पन्न

  सम्पादक |

बालबालिकाहरुको शैक्षिक सुधारको लागि सन्तानेश्वर आवि गजुरीमा विद्यालय विकासमा सरोकारवालाहरूको भूमिका विषयक २ दिने कार्यशाला शनिबार सम्पन्न भएको छ ।शुक्रबारबाट विद्यालयका सर‍ोकारवालाहरुको शैक्षिक ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि शैक्षिक सुधार सम्बन्धि कार्यशाला संचालन गरिएको हो । बिद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरुका लागि सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ ,प्रधानाध्यापक , शिक्षक र बालक्लब पदाधिकारी लगायत सर‍ोकारवालाहरुको उपस्थिति रहेको थियोे । विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ ,प्रधानाध्यापक , शिक्षक र बालक्लब पदाधिकारीको काम , कर्तव्य र भुमिका र उत्तरदायित्व, कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु,अाचार संहिता ,बिद्यालयमा आर्थिक पारदर्शिता, बाल अधिकार , बालबालिका र अभिभावकहरु बिचको सम्बन्ध मझभुत बनाउने तौरतरिका , वाल विकास केन्द्रको पाठ्यक्रम लगायतका बिषयबस्तुमा प्रयास नेपाल धादिङका कर्मचारीशरु रेनुका रूपाखेती र नवराज लामिछानेले सहजीकरण गर्नु भएको थियो ।

शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालामा सहयोग गरिएको प्रयास नेपालका रेनुका रुपाखेती बताउनु भयो । गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गा पा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा सञ्चालन गरि कार्यशाला आयोजना भएको हो।बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ , सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह , अभिभावकसँग छलफल तथा सचेतना सेसन सञ्चालन बिधि बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ,शिक्षक,बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचार संहिता लगायतका बिषयमा प्रयास नेपाल धादिङ कार्यक्रम सहदेव पण्डित ,रेनुका रुपाखेती,नवराज लामिछानेले सहजिकरण गर्नु भएको थियोे । कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक,बिद्यार्थी ,अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचार संहिता तयार गरि कार्यान्वयन गर्ने प्रति प्रतिबद्धता सन्तानेश्वर आविका प्रधानाध्यापक सबिना वरैले बताउनु भयो ।

बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रदिप सुबेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गजुरी गाउपालिका वडा नं ६ को वडा अध्यक्ष अर्जुन बहादुर भुजेल , गजुरी गा पा वडा नं ६ का वडा सदस्य सन्तोष अधिकारी र शिक्षक अभिभावक शंघको संयोजक कृष्ण प्रसार प्रसाईले आतिथ्यता गर्नु रहेको थियो । गजुरी गाउपालिका वडा नं ६ को वडा अध्यक्ष अर्जुन बहादुर भुजेलले वडाका सबै विद्यालय मा यो कार्यक्रम आवश्यक रहेको र विद्यालय सुधार को लागि सरोकारवाला निकायले आ आफ्नो जिम्वारी पुरा गर्न अनुरोध गर्दै वडा कार्यालय बाट सक्ने कार्य गर्न पछि नपर्ने प्रतिवद्धता जाहेर गर्नुभयो।

प्रतिक्रिया