एमाले धादिङद्धारा प्रचार डेस्कको स्थापना

  सम्पादक |

आसन्न स्थानीय तहको निर्वाचनको प्रचार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन नेकपा एमाले धादिङको प्रचार डेस्क स्थापना भएको छ ।
नेकपा एमाले धादिङको प्रचार तथा प्रकाशन विभागको संयोजनमा स्थापना भएको प्रचार डेस्कको बैशाख १० गते शनिबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज खेम प्रसाद लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठीद्धारा संयुक्त रुपमा उद्घाटन भएको छ ।
जिल्लाको १३ वटै स्थानिय तहको पार्टी चुनावी अभियानलाई प्रचार गर्न डेस्कको स्थापना गरिएको हो । डेस्क मार्फत सौर्य इ–बुलेटिनको प्रकाशन हुने भएको छ । बुलेटिन विभिन्न सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई इ–मेल मार्फत उपलब्ध गराइने विभागले जनाएको छ ।
पार्टीको प्रचार अभियानलाई व्यवस्थित गर्न र पार्टीको स्थानिय गतिविधि संकलनका लागि विभागले जिल्लाको १३ वटै स्थानिय तहमा प्रतिनीधि खटाइएको प्रेस चौतारी धादिङका अध्यक्ष सानुबाबु तिमल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया