सेफ हाउसमा रहेका बालबालिकालाई हेफर ईन्टरनेशनल नेपाल द्वारा शैक्षिक सामाग्री सहयोग

  सम्पादक |

धादिङ:हेफर ईन्टरनेशनल नेपालले सुरक्षित आवास गृहमा रहेका बालिकाहरूलाई बिद्यालय ड्रेस, ब्याग, स्टेशनरि सहयाेग गरेकाे छ ।सहयात्रि समाज नेपालले संचालन गरेकाे सेफ हाउसमा रहेका ५ जना बालिकाहरूलाई सहयाेग गरेकाे हाे ।विभिन्न हिंसामा परि सेफ हाउसमा रहेका बालिकाहरूकाे शिक्षाकाे लागि सानाे सहयाेग गरेकाे हेफर नेपालका कार्यक्रम अधिकृत कृष्ण कट्टेलले बताउनु भयाे ।
हेफर नेपालले आफ्ना कर्मचारिहरूबाट मासिक रूपमा पाउने पारिश्रमिककाे केहि रकम गर्ल चाईल्ड फन्टमा जम्मा गर्ने गरेकाे छ र साे फन्टबाट बिपन्न , गरिब , टुहुरा वा समस्यामा परेका बालिकाहरूलाई शिक्षामा सहयाेग गर्दै आएकाे छ । याे बर्ष देशभर ३८५ बालिकाहरूलाई शैक्षिक सहयाेग गरेकाे हेफर नेपालका सह निर्देशक डक्टर केशप शाहले बताउनु भयाे । एकजना बालिकालाई ८ हजार बराबरकाे कपडा ब्याग ,स्टेशनरि आदि सहयाेग गर्ने गरेकाे छ ।

प्रतिक्रिया