एमालेकाे धादिङका गाउँगाउँमा प्रशिक्षण गल्छी र बेनिघाट राेराङमा सकियाे, अन्य पालिकामा संचालन हुँदै

  सम्पादक |

धादिङ/
नेकपा एमाले धादिङले पालिका कमिटिका सदस्यहरूलाई २ दिनकाे प्रशिक्षण कार्यक्रम संचालन गरिरहेकाे छ ।
आफ्ना कार्यकर्ताहरुलाई सक्षम, संगठनलाई सुदृढ बनाउन सबै पालिकामा प्रशिक्षण कार्यक्रमहरु संचालन गरेकाे हाे ।

पार्टी एकिकरणका पछि नेकपा एमालेकाे संगठन लामाे समयदेखि अस्तब्यस्त रहेकाे थियाे ।
एमालेले १० अाैँ महाधिवेशन पछि संगठनलाई सृदृढीकरण र सुद्धिकरण अभियान संचालन गरिरहेकाे छ ।

एमाले धादिङले श्रावण २३ र २४ गते सिद्दलेक गाउँपालिका र प्रशिक्षण सम्पन्न भएकाे छ । यसअघि गल्छी गाउँपालिकामा समेत प्रशिक्षण सकिएकाे छ ।
यहि साउन २५ र २६ गते बनिघाट राेराङ गाउँपालिका, गजुरि गाउँपालिका र गंगाजमुना गाउँपालिकामा प्रशिक्षण कार्यक्रम संचालन हुने नेकपा एमाले धादिङकाे संगठन विभाग प्रमुख राधिका सापकाेटाले बताउनुभयाे ।
नेकपा एमालेले संचालन गरेकाे संगठन सुद्दिकरण र सृदृणि करण अभियान अन्तर्गत श्रावण मसान्तसम्म पालिका स्तरका प्रशिक्षण र भदाै १५ सम्म वडा तह सम्मकाे प्रशिक्षण सम्पन्न गर्ने कार्यक्रम राखेकाे छ
संगठन विभागले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेपछि साे टाेलीले पालिका र वडामा कार्यक्रम गरिरहेकाे हाे ।

प्रतिक्रिया