धादिङ,/ फाेनिज क्रियाशिल वर्ष पुरस्कारबाट धादिङका शंकर श्रेष्ठ पुरस्कृत हुनुभएकाे छ ।
फाेनिज स्थापना दिवसकाे अबसरमा आयाेजित कार्यक्रमका बीच नागरिक दैनिकमा कार्यरत पत्रकार श्रेष्ठलाई पुरस्कृत गरिएकाे हाे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) को २३ औ स्थापना दिवसको अवसरमा फोनिज धादिङले यस बर्षदेखि स्थापना गरेको “फोनिज क्रियाशिल बर्ष पुरस्कार २०७९” बाट श्रेष्ठलाई शुक्रबार नगद र सम्मान पत्रसहित निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विकले पुरस्कार वितरण गर्नुभयाे ।
यसैगरि फाेनिजले धादिङमा फाेनिज सस्थापक ठाकुर गुरुङलाई सम्मानित गरेकाे छ ।
साे अबसरमा अायाेजित कार्यक्रममा संचारकर्मी र जनजाती संगठनका अगुवाहरुले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
प्रतिक्रिया