तिजकाे दिन पनि सुनसान बजार शिव र मन्दिर

  सम्पादक |

धादिङ ।
तिजकाे दिन धादिङबेसी सुनसान छ ।
यश अघिका वर्ष हरुमा तिजकाे दिन राताे सारी र फरिया लगाएर अामादिदीबहिनीहरु अाेहाेर दाेहाेर गरिरहेका हुन्थे । अाफैले तिजकाे गित गाएर नाचगान गर्थे । अाफुलाई परेकाे समस्या र मर्काहरु तिजकाे भाका मार्फत अरुलाई सुनाउँथे । मादल बजार गित गाउनेहरुकाे लर्काे हरेक वर्ष हुने गरेकाे थियाे । धादिङबेसि अासपासमा भएका शिवमन्दिरहरुमा भिड लागेर पुजा गर्ने पालाे कुर्नु परेकाे थियाे । अाधुनिकतासंग तिजकाे राैनक घटेकाे केही जानकारहरु बताउँछन् । एकमहिना अघिदेखि दर खाने र नाचगान गर्ने देखावटी तिजकाे भाेजभतेर गर्नेहरु गत वर्षहरुमा भन्दा धेरै भएकाे धादिङबेसि तिजकाे दिनभने बजार सुनसान रह्याे । काेराेना कालमा मानिसहरु बजार हिड्न समेत छाडेकाे जस्ताे अवस्था यश वर्षको तिजकाे दिन देखिएकाे हाे ।
धादिङबेसिका अाधाजसाे पसलहरु बन्द भएकाे छ । केही पसल खुलेका छन् । घाम लागिरहेकाे बजार मात्र हाेईन पुजा गर्ने शिव महादेव मन्दिर समेत सुनसान भएकाे छ ।
वर्षाको समयमा मानिसहरु अावतजावत कम छ । बजार क्षेत्रमा खानेपानीकाे अभाव छ । बजारमा देखिने केही मानिस घरमै छन् भने धान गाेड्ने समय भएकाे केही मानिस खेतमा समेत भेटिएका छन् ।
वर्ष भरिकाे दुख विर्सेर रमाउने एक दिन तिजमा समेत केहिलाई कामकाे कारण फुर्सद छैन भने एकाथरि महिनादिन अघिदेखि भाेज खाएर हिडेपनि सस्कृति संरक्षणमा लागेका छैनन् ।

प्रतिक्रिया