धादिङ, २८ भदौ
भैरबी बचत तथा ऋण सहकारीसंस्था लि.ले संरक्षित पूजी फिर्ता कोषबाट सेयरसदस्यलाई बचत र ऋणको आधारमा रकम उपलब्ध गराउने भएको छ
सहकारीको २१ औँ साधारण सभाले सर्वसम्मत रुपमा संरक्षित पूजी फिर्ता कोषबाट लाभांसको रुपमा सेयरसदस्यहरुले रकम पाउने कार्यक्रम पारित गरेको छ ।
धादिङबेसीमा सम्पन्न साधारणसभाको अबसरमा १९ लाख १६ हजार ८ सय ५४ रुपैयाँबाट सेयर सदस्यको बचतमा ४० प्रतिशत र ऋणमा ६० प्रतिशत योगदानको आधारमा रकम उपलब्ध गराउने निर्णय गरेको सहकारीका सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
२ हजार २ सय ६६ जना सेयर सदस्य रहेको सहकारीले प्रति सेयरका १४ रुपैयाँ ५३ पैसाका दरले मुनाफा बाँढ्ने समेत जनाइएको छ ।
२ करोड ५८ लाख ७० हजार ४ सय सेयर पूँजी र १६ हरोड ७३ लाख ३९ हजार ७ सय ३१ रुपैयाँ ऋण लगानी रहेको सहकारीले १ करोड २ लाख २३ हजार २ सय २४ रुपैयाँ खुद नाफा गरेको सहकारीका अध्यक्ष इश्वरकुमारश्रेष्ठले साधारणसभाको अबसरमा बताउनुभयो ।
नेप्सकुनका वरिष्ट उपाध्यक्षचन्द्रप्रकाश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आगामी वर्षका लागि विभिन्न ४२ ओटा कार्याक्रमहरु संचालन गर्ने प्रस्तावित कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया