धादिङ, २८ भदौ ।
धादिङ जिल्लाको कृषि आधुनिकीकरण परियोजना अन्तरगत स्थानीय सरकारले संचालन गर्ने कृषि पकेट विकास कार्यक्रमको सोमबार समिक्षा गरिएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा जिल्लका सबै पालिकामा संचालन भएको पकेट विकास कार्यक्रमले मकै, तरकारी, माछा, आलु र बाख्रा पकेट विकासकार्यक्रम गर्नका लागि तोकोको र यसै अनुसार जिल्लाका पालिकाहरुले कार्यक्रम संचालन गरेको कृषि आधुनिकीकरण परियोजनाका प्रमुख होमनाथ लमसलले बताउनुभयो।
गतवर्ष २६ कृषि पकेट विकास कार्यक्रम र १३ ओटा यसअघिको निरन्तरताको पकेट विकास कार्यक्रमका लागि ३ करोड १२ लाख बजेट स्थानीय पालिकाहरुमा गएको थियो । समिक्षाका क्रममा सहभागि कृषि तथा पशु विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरुले जनप्रतिनिधिहरुले कृषिको कार्यक्रमलाई ध्यान नदिने र नितिगत निर्णयहरु गर्न ढिलाइ गर्दा केही पालिकाहरुमा कार्यक्रम समयमै सम्पन्न गर्न कठिन भएको उल्लेख गर्नुभएको थियो ।
संघीय सरकारले कृषि आधुनिकीकरण परियोजना लागु भएपछि जिल्लामा उत्पादकत्वमा वृद्धि भएको तथ्य सार्वजनिक गर्नुभएको छ ।
परियोजना अघि मकैको उत्पादकत्व प्रतिहेक्टर २ दशमलब २५ मेट्रिकटनथियाे । अहिले ४ दशमलब १२ प्रतिहेक्टर भएको छ भने तरकारी प्रतिहेक्टर १५ मेट्रिकटन थियो भने हाल १९ दशमलब १५ मेट्रिकटन रहेको कार्यक्रममा कार्यालय प्रमुख लम्सालले बताउनुभयो।
कृषि आधुनिकीपरियोजना लागु भएपछि मिनि टिलरको माग बढेको, सानासिंचाइका लागि प्लाष्टिक पोखरीहरु निर्माण सुरु भएको टनेलमा खेती हुने गरेको, कृषि उत्पादन बढेको जस्ता उपलब्धहरु हासिल भएको पाइएको छ।
प्रतिक्रिया