निलकण्ठमा समावेशी शिक्षाकाे कार्ययाेजना लागू गर्ने तयारी

  सम्पादक |

 

सीताराम अधिकारी /धादिङ,
धादिङको निलकण्ठ नगरपालिकामा समावेशी शिक्षाकाे कार्ययाेजना लागू गर्ने भएकाे छ ।
धादिङबेसीमा विहिबार अायाेजित समावेशी शिक्षाकाे कार्ययाेजना अनुमाेदन कार्यशाला गाेष्ठीकाे अबसरमा कार्ययाेजना लागू गरिने जनाईएकाे छ ।
निलकण्ठ नगरपालिका उपप्रमुख दिपक विकले शिक्षा समितिले बनाएर छलफलपछि अाएकाे कार्ययाेजना नगर कार्यपालिकाले लागू गर्ने बताउनुभयाे ।
अपांग कल्याण संघ धादिङले ह्याण्डीक्याप ईन्टरनेशनलकाे सहयाेगमा कार्ययाेजना निर्माणमा सहयाेग गरेकाे थियाे ।
अपांगता भएकाहरुलाई विद्यालयमा अध्यापन गर्न गराउन सहज बनाउने र शिक्षण सिकाईलाई गुणस्तरिय बनाउने लक्ष कार्ययाेजनाकाे छ ।

नेपालकाे संविधान, शिक्षा ऐन, नगरपालिकाकाे शिक्षा ऐनकाे उपलब्धिलाई लिएर अपांगता भएकाहरुकाे सहभागिता, शिक्षण सिकाई उपलब्धि हासिल हुने नीति अख्तियार गरिने याेजना नगरपालिकाले गरेकाे छ ।
यसअघिका नितिलाई अाधार मानेर भाैतिक संरचनामा सुधार, शिक्षण गतिविधि र अतिरिक्त क्रियाकलापलाई समेत समावेशी बनाउन नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमा समेत केही विषय उल्लेख भएकाेले कार्यपालिकाले निर्णय गरेपछि नगरपालिकामा जिल्लामा पहिलाे पटक समावेशी शिक्षा लागू हुने निलकण्ठ नगरपालिका शिक्षा शाखाका श्राेत व्यक्ति मेघनाथ काेईरालाले बताउनुभयाे ।
निलक्ठ नगरपालिकामा २८ अाेटा माध्यमिक विद्यालय र ६१ अाेटा अाधारभुत विद्यालय रहेकाे छ । यसअघि समावेशी शिक्षा लागू गर्न ८ अाेटा विद्यालयले विद्यालय सुधार याेजना समेत समावेशी बनाउन सुरु गरेकाे समावेशी शिक्षामा सहयाेग गर्दै अाएकाे अपांग कल्याण संघका अध्यक्ष गुणराज खतिवडाले बताउनुभयाे ।
जिल्ला समन्वय समिति धादिङका अध्यक्ष नवराज अधिकारीले समावेशी शिक्षा जिल्लाभर लागू गर्नुपर्ने विषय भएकाे र यसका लागि समन्वय समितिले पहल गर्ने बताउनुभयाे ।

प्रतिक्रिया