लाेभीपापीकाे निहित स्वार्थ पूरा गर्न गठबन्धन : एमाले केन्द्रीय सदस्य लाेहनी एमालेकाे बहुमत अाउने दावी

  सम्पादक |

धादिङ /
नेकपा एमाले केन्द्रीय सदस्य खेम लाेहनीले अहिलेकाे गठबन्धन संविधान र लाेकतन्त्र रक्षाका लागि नभएर केही लाेभिपापीहरुकाे निहित स्वार्थ पूरा गर्नबनाएकाे बताउनुभयाे ।
शुक्रबार नेपाल निजामती कर्मचारी संगठनले अायाेजना गरेकाे शुभकामना अादानप्रदान कार्यक्रममा बाेल्दै एमाले केन्द्रीय सदस्य लाेहनीले न्याय पाालिकाकाे नाममा किर्ते काईते गरेर देश निर्माण र विकासमा काम गरिरहेकाे एमालेलाई सत्ताबाट हटाएकाे अाराेप लगाउनुभयाे ।
स्वार्थले गठबन्धन गरेकाे कुरा जनताले बुझेकाेले अब संघ र प्रदेश निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी लाेहनीकाे छ ।
गठबन्धनकाे नाममा घेराबन्दी गरेकाे भएपनि एमाले नै स्थानिय निर्वाचनमा जसरी पहिलाे मत ल्याउने पार्टी हुने उहाँकाे दावी छ ।
नेकपा एमाले धादिङका उपसचिव राधिका सापकाेटाले अागामी निर्वाचन स्वच्छ बनाउन कर्मचारीले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयाे ।
नेपाल निजामती कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दुवाडीकाे अध्यक्षतामा सम्पन्न शुभकामना कार्यक्रममा स्वच्छ निर्वाचनका लागि कर्मचारी र राजनितिक दल मिलेर लाग्नुपर्ने बताईएकाे छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठी, नेपाल निजामती कर्मचारी संगठनका पुर्व अध्यक्ष कृष्णलाल उप्रेती लगायतले दशै, तिहार, छट, नेपाल सम्वत लगायतकाे चाडपर्वकाे शुभकामना व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया