नेपाली काँग्रेस पूर्वसभापति नै विद्रोही, एमालेमा प्रदेश कमिटि सदस्य विद्रोही उम्मेदवार

  सम्पादक |

सीताराम अधिकारी
धादिङ/२३ असोज
धादिङको क्षेत्र नम्बर २ मा गठबन्धनबाट प्रतिनिधि सभामा एक सिट पाएको नेपाली काँग्रेसले विद्योही उम्मेदवारको समाना गर्नु पर्ने भएको छ ।
नेपाली काँग्रेस सभापति रामनाथ अधिकारीले केन्द्रीय सदस्य दिलमान पाख्रिनले पाएको टिकट खोसेर टिकट ल्याएपछि विद्रोह स्वरुप उम्मेदवारी दर्ता भएको छ । धमलाले भने आफूले पाउनुपर्ने टिकट पार्टी सभापति भइसकेका व्यक्तिलाई दिएको भन्दै उम्मेदवारी दर्ता गराउनुभएको हो
नेपाली काँग्रेसका पूर्व सभापतिरमेश धमलाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको अन्तिम समयमा मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको थियो ।
धमला पर्यटन व्यवसायि र २०७४ को प्रदेशसभामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसबाट बिद्राेह गरि प्रतिनिधि सभा २ (ख) मा देवीकुमारी पाण्डे बुर्लाकोटीले उम्मेदवारी दर्ता गराउनुभयाे ।
उहाँ २०७४ काे स्थानिय निर्वाचनमा त्रिपुरासुन्दरी गाउँ पालिका उपाध्यक्ष हुनुहुन्थ्यो । यश क्षेत्रमा नेकपा माअाेवादी केन्द्र का जगत सिंखडाले गठबन्धन काे तर्फबाट उम्मेदवारी दिएका छन् । भने एमालेका धनबहादुर घले उम्मेदवार छन् ।
नेपाली काँग्रेस कार्यकर्तालाईपार्टीरस्थानीय सरकारमा समेत हेँला गरेकोर पाखा लगाएको भन्दै नेपाली काँग्रेस (विपि) समूहले नेपाली काँग्रेसका कार्यकर्ताहरुले उम्मेदवारी दर्ता गराएको छ।
यहाँ नेपाली काँग्रेस विपिको तर्फबाट नेपाली काँग्रेसका परिचित नेता शंकर दर्जीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा माओवादी केन्द्रको स्थापित नेताका रुपमा रहनुभएका उत्तम कँडेलले धादिङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ। मूख्यमन्त्री राजेन्द्र पाण्डेका बागी उम्मेदवारकोरुपमा हेरिएको उम्मेदवारीपछि आफूले विकास पर्यावरण संरक्षणमा काम गर्ने बताउनुभएको छ। हाल कँडेल स्वतन्त्र रुपले पर्यावरणसंरक्षणमा क्रियाशिल हुनुहुन्छ ।
यसैगरि नेकपा एमाले १ (क) मा नेकपा एमाले प्रदेश कमिटि सदस्य नेत्रराज पौडेलले उम्मेदवारी दर्ता गराउनुभयो । एमालेका पुराना कार्यकर्ताहरु समेत गल्छीमारहेको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । एमालेले टिकट दिनका लागि सिफारिस गरेको अन्तिम समयमा आएर आफूमाथी अन्तरघात गरेको भन्दै बागी उम्मेदवार दर्ता गराएको बताउनुभयो । एमालेका तर्फबाट यस क्षेत्रमा रमेश आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको छ।
आगामी मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभाकालागि आइतबार ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले र नेपाली काँग्रेसले जुलुससहित उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा माओवादीले प्रदेशसभामा गराएको उम्मेदवारी जुलुससहित गरेको छ।
धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा वर्तमान मूख्यमन्त्री राजेन्द्र पाण्डे, एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठी, पुराना बामपन्थी नेता उत्तम कँडेल, कमेडियन हिमेश पन्त सहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
धादिङ १ को प्रदेश सभाका लागि (क) मा १५ जना, (ख) मा ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्ण कार्कीले बताउनुभयो।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका केन्द्रीय सदस्य खेमलोहनी, नेपाली काँग्रेसका सभापति रामनाथ अधिकारी, नेपाली काँग्रेस विपिका शंकर दर्जी, नेपाली काँग्रेसका पूर्व सभापति रमेश धमला लगायत १७ जनाले उम्मेदवारी दर्तागराउनु भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयका खुमभण्डारीले बताउनुभयो ।
प्रदेश सभा तर्फ (क) मा ६ जना र (ख) मा ११ जनालेउम्मेदवारी दर्ता गराउनुभएको छ।

प्रतिक्रिया