गाउँको विकास एमालेले मात्र गर्न सक्छ ःभूमि त्रिपाठी

  सम्पादक |

किरन्चोक÷
नेकपा एमालेका धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठीले गाउँको विकास नेकपा एमालेले मात्र गर्न सक्ने भएकोले एमालेलाई मत दिन मतदाताहरुसंग आग्रह गर्नुभएको छ । मतदाता भेटघाट गर्दै गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को विकट गाउँ पुग्नु भएका त्रिपाठीले एमालेको स्थानीय सरकारहुँदा गाउँमा सडक तथा अन्य विकासका योजना ल्याइएको र आफूले साम्सदको पूर्वाधार विकास कार्यक्रम अन्तरगत सडक योजनाहरु रकम पठाएर विकासमा सहयोग गरेको बताउनुभयो ।
२०४३ देखि नेता भएकार भोट खाएकाले दुर्गम गाउँका लागि खास योजना नल्याएको भन्दै वितेको ५ वर्षमा धेरै योजनाहरु सम्पन्न गरिएको र एमालेले जितेको खण्डमा विकासका योजनाहरुले निरन्तरता पाउने उहााको भनाइ छ ।
यसअघि साम्सद त्रिपाठीको पहलमा आदमघाट, पर्खाले, मकवानपुरसडकको काम ठेक्का भएर निर्माणको चरणमा रहेको छ।
मतदाता भेटघाट गर्दै नेकपा एमाले प्रतिनिधिसभा उम्मेदवार भूमि त्रिपाठी, प्रदेश सभा उम्मेदवार गजेन्द्र थपलिया तल्लो पेटारे, माथिल्लो पेटारे, महादेबखर्क, चैनपुर, सानो बाङ्गे, ठूलो बांगे लगायतका क्षेत्रमा पुग्नु भएको छ।
नेकपा एमाले प्रदेश सभाका उम्मेदवार इन्जिनियर गजेन्द्र थपलियाले विकासको योजना गाउँबाट बनाएर सम्सदमा आफूले योजना ल्याउन लागि पर्ने बताउनु भयो ।
–––

प्रतिक्रिया