धादिङ ।
बालिका शिक्षाको लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनेभएकोले यसका लागि काम गर्न जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले आग्रह गर्नुभएको छ।
मंगलबार धादिङबेसीमा शिक्षा पत्रकार समाजले आसमान नेपालको सहयोगमा आयोजना गरेको बालिका शिक्षाको नितिगत पैरवी तथा सिकाइ आदानप्रदान कार्यक्रममा शिक्षाको अधिकारप्राप्त गर्न बालिका शिक्षाका लागि सक्रियरुपमा काम गनुपर्नेमा जोड दिनुभयो ।
जिल्लाको १२ विद्यालय क्षेत्रमा यसअघि आसमान नेपाल, भि.एस.ओ र युके.एडद्वारा संचालन गरेको ‘किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएकोेले कार्यक्रमकोनिरन्तरताका लागि आग्रह समेत गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख अधिकारीले किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम उद्धेश्य अनुसार अगाडी बढीरहेको र पछिल्लो समय नितिगत भन्दा व्यवहारिक पक्ष कमजोर बन्दै गएकाले जिम्मेवार निकायहरुले गैरजिम्मेवार काम नगर्न अनुरोध पनि गर्नुभयो ।
जिल्ला समन्वयसमितिका उपप्र्मुख कुलमान वि.कले महिलालाई सशक्तिकरण र सक्षम बनाउने भएकोले शिक्षामा नै जोड दिनु पर्ने बताउनुभयो । स्थानिय, प्रदेश र संघ सरकारले खासगरिपछाडी पारिएको समुदायका बालिकाका लागि गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारसंग मिलेर साझेदारनिकायहरुले काम गनुपर्ने बताउनुभयो ।
जिल्ला शिक्षा समन्वय ईकाई धादिङका कृष्णकुमार श्रेष्ठले मिलेर काम गर्न चाहेको वताउनुभयो । उहाँले अन्य पालिकाहरुसंग पनि सहकार्य गरेर यस्ता किसिमका कार्यक्रम संचालन गर्नु पर्ने वताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले परियोजनालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नगरपालिका शिक्षाको विकासका लागि आवस्यककार्यक्रम गरिरहने बताउनुभयो ।
आसमान नेपालकी कृती केशरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, सहयात्री समाजकी राधिका सापकोटा, दलित सेवा संघ धादिङका अध्यक्ष श्याम मगराती, बिभिन्न पालिकाका शिक्षा शाखाका प्रमुख, बिभिन्न बिद्यालयका प्रअ तथा शिक्षक लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो भने कार्यक्रम संचालन पत्रकार सिताराम अधिकारीले गर्नुभएको थियो ।
हिंसापीडित बालिका, विद्यालय बाहिर रहेका बालिकाहरुको शिक्षामा सहभागि गराउन बाधा र चुनौतीहरु धेरैरहेकोले यसलाई स्थानीय सरकारले समाधान गर्नका लागि सघाउनु पर्ने सहभागिहरुको माग रहेको थियो ।
–––
प्रतिक्रिया