स्थानीय सरकारको प्राथमिकतामा पनि बालविवाह

  सम्पादक |

लामो समय सामाजिक अभियन्ताको परिचय बनाएका देवनाथ योगी अहिले फरक भूमिकामा छन् । उनी अहिले सान्नी त्रिवेणी गाउँपालिका वडानं. ४ को अध्यक्षमा निर्वाचित भएका छन् । शिक्षण पेशाबाट राजिनामा दिएर स्थानीय निर्वाचनमा होमिएका योगीले सामाजिक अभियन्ताका रुपमा गरेको कामको राम्रो प्रतिफल पाए ।
सादा नेपाल र प्लान नेपालले सञ्चालन गर्ने बालविवाह बिरुद्धका अभियानमा प्रमुख अभियानकर्ताका रुपमा उनले काम गरे । किशोरी क्लव र युवा क्लवको सल्लाहकार भएर उनले सँधै सामाजिक अभियानमा हौशला थप्ने काम गरे । धार्मिक अगुवा, सामाजिक अभियन्ता र शिक्षकका रुपमा उनी चेतना अभियानमा लागिरहे ।
कालीकोटका धेरैजसो गाउँमा धामी, झाँक्रीहरुको कुरामा बिश्वास गर्छन् । त्यस्तो अबस्थामा धामी, झाँक्रीहरुलाई नै चेतना प्रवाहमा सामेल गराउने योजना बन्यो । त्यो योजनाको अगुवाई पनि योगीले नै गरे । संस्थाहरुले बनाएका योजना सफल बनाउन उनले गाउँगाउँमा धामी, झाँक्रीहरुको भेला गर्ने र त्यसको अगुवाई गर्ने काम गरे ।
सानो उमेरमा विवाह गर्नु धार्मिक तथा कानूनी रुपमा ठिक हुँदैन भन्ने सन्देश दिन धामी, झाँक्रीहरुको सहायता लिइयो । ‘बालविवाह बिरुद्धका सबैखालका अभियानहरु प्रभावकारी भएका छन् । मैले अभियन्ताका रुपमा काम गरें, अहिले स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएको छु,’ उनले भने,‘विगतमा सिकेका सिपलाई अहिले स्थानीय सरकारमा पनि लागू गरिरहेको छु । बालविवाह न्यूनिकरण, सामाजिक गलत अभ्यासबिरुद्ध चेतना प्रवाहका कार्यक्रम तय गरिरहेको छु ।’
गाउँघरमा अहिले पनि वडा र सादा नेपालको सहकार्यमा किशोरकिशोरीलाई सचेत बनाउने बिभिन्न अभियानहरु चलाइरहेको उनले बताए । ‘धामी, झाँक्रीहरुलाई चेतना अभियानमा सामेल गराउने काम अहिले पनि जारी छ । हामीले पनि यस कार्यक्रमलाई महत्व दिएका छौं,’ उनले भने,‘शिक्षकका रुपमा लामो समय काम गरें । शिक्षक हुँदा पनि यस्ता चेतना दिने काम गरें । अहिले जनप्रतिनिधि भएर पनि त्यही कामलाई निरन्तरता दिएको छु ।’
अहिले बालविवाह न्यूनिकरणका लागि बालसंरक्षण समिति बनाएर बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको योगीले बताए । ‘टोलटोलमा पुगेर छलफल, भेला, सचेतना कार्यक्रम गर्ने काम भैरहेको छ । सादा नेपाल संस्थाको भूमिका निकै प्रभावकारी छ,’ उनले भने,‘बाल विवाहबिरुद्धको अभियान र सादा नेपाल पर्यायवाची जस्तो भएको छ । स्थानीय सरकारलाई पनि विगतमा भएका कामलाई निरन्तरता दिन सहज भएको छ ।’
हालसम्म भएका राम्रा अभ्यासहरुको अभिलेख राखेर थप योजनाहरु बनाइरहेको योगीले बताए । ‘हालसम्म संस्थाको अगुवाईमा भएका राम्रा र उदाहरणीय कामहरुको अभिलेख बनाएका छौं । त्यसबाट थप शिक्षा लिएर आगामी योजना बनाउन सहज भैरहेको छ,’ उनले भने,‘बालविवाह न्यूनिकरणलाई स्थानीय सरकारले पनि महत्व दिएको छ । संस्थाले गरेका राम्रा कार्यक्रमलाई हामीले अपनत्व ग्रहण गरिरहेका छौं ।’
सामाजिक चेतनाको अभियान निरन्तर चल्नुपर्ने भएकाले संघ संस्थाको सहकार्य स्थानीय तहका लागि आबश्यक हुने उनले बताए । ‘हामीले सँधैभरी सामाजिक चेतनाका अभियान चलाउनुपर्छ । स्थानीय सरकारले स्थानीय स्तरमा चेतना प्रवाहमा नै काम गर्ने हो,’ उनले भने,‘त्यसमा गैरसरकारी संस्थाले गरिरहेको सहयोग र सहकार्यले कार्यक्रमको दिगोपना हुन्छ । स्थानीय सरकारको सपना साकार पर्न मद्धत मिल्छ ।’ बालविवाह !!!

लामो समय सामाजिक अभियन्ताको परिचय बनाएका देवनाथ योगी अहिले फरक भूमिकामा छन् । उनी अहिले सान्नी त्रिवेणी गाउँपालिका वडानं. ४ को अध्यक्षमा निर्वाचित भएका छन् । शिक्षण पेशाबाट राजिनामा दिएर स्थानीय निर्वाचनमा होमिएका योगीले सामाजिक अभियन्ताका रुपमा गरेको कामको राम्रो प्रतिफल पाए ।
सादा नेपाल र प्लान नेपालले सञ्चालन गर्ने बालविवाह बिरुद्धका अभियानमा प्रमुख अभियानकर्ताका रुपमा उनले काम गरे । किशोरी क्लव र युवा क्लवको सल्लाहकार भएर उनले सँधै सामाजिक अभियानमा हौशला थप्ने काम गरे । धार्मिक अगुवा, सामाजिक अभियन्ता र शिक्षकका रुपमा उनी चेतना अभियानमा लागिरहे ।
कालीकोटका धेरैजसो गाउँमा धामी, झाँक्रीहरुको कुरामा बिश्वास गर्छन् । त्यस्तो अबस्थामा धामी, झाँक्रीहरुलाई नै चेतना प्रवाहमा सामेल गराउने योजना बन्यो । त्यो योजनाको अगुवाई पनि योगीले नै गरे । संस्थाहरुले बनाएका योजना सफल बनाउन उनले गाउँगाउँमा धामी, झाँक्रीहरुको भेला गर्ने र त्यसको अगुवाई गर्ने काम गरे ।
सानो उमेरमा विवाह गर्नु धार्मिक तथा कानूनी रुपमा ठिक हुँदैन भन्ने सन्देश दिन धामी, झाँक्रीहरुको सहायता लिइयो।‘बालविवाह बिरुद्धका सबैखालका अभियानहरु प्रभावकारी भएका छन् । मैले अभियन्ताका रुपमा काम गरें, अहिले स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएको छु,’ उनले भने,‘विगतमा सिकेका सिपलाई अहिले स्थानीय सरकारमा पनि लागू गरिरहेको छु । बालविवाह न्यूनिकरण, सामाजिक गलत अभ्यासबिरुद्ध चेतना प्रवाहका कार्यक्रम तय गरिरहेको छु ।’
गाउँघरमा अहिले पनि वडा र सादा नेपालको सहकार्यमा किशोरकिशोरीलाई सचेत बनाउने बिभिन्न अभियानहरु चलाइरहेको उनले बताए । ‘धामी, झाँक्रीहरुलाई चेतना अभियानमा सामेल गराउने काम अहिले पनि जारी छ । हामीले पनि यस कार्यक्रमलाई महत्व दिएका छौं,’ उनले भने,‘शिक्षकका रुपमा लामो समय काम गरें । शिक्षक हुँदा पनि यस्ता चेतना दिने काम गरें । अहिले जनप्रतिनिधि भएर पनि त्यही कामलाई निरन्तरता दिएको छु ।’
अहिले बालविवाह न्यूनिकरणका लागि बालसंरक्षण समिति बनाएर बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको योगीले बताए।‘टोलटोलमा पुगेर छलफल, भेला, सचेतना कार्यक्रम गर्ने काम भैरहेको छ । सादा नेपाल संस्थाको भूमिका निकै प्रभावकारी छ,’ उनले भने,‘बाल विवाहबिरुद्धको अभियान र सादा नेपाल पर्यायवाची जस्तो भएको छ । स्थानीय सरकारलाई पनि विगतमा भएका कामलाई निरन्तरता दिन सहज भएको छ ।’
हालसम्म भएका राम्रा अभ्यासहरुको अभिलेख राखेर थप योजनाहरु बनाइरहेको योगीले बताए । ‘हालसम्म संस्थाको अगुवाईमा भएका राम्रा र उदाहरणीय कामहरुको अभिलेख बनाएका छौं । त्यसबाट थप शिक्षा लिएर आगामी योजना बनाउन सहज भैरहेको छ,’ उनले भने,‘बालविवाह न्यूनिकरणलाई स्थानीय सरकारले पनि महत्व दिएको छ । संस्थाले गरेका राम्रा कार्यक्रमलाई हामीले अपनत्व ग्रहण गरिरहेका छौं ।’
सामाजिक चेतनाको अभियान निरन्तर चल्नुपर्ने भएकाले संघ संस्थाको सहकार्य स्थानीय तहका लागि आबश्यक हुने उनले बताए । ‘हामीले सँधैभरी सामाजिक चेतनाका अभियान चलाउनुपर्छ । स्थानीय सरकारले स्थानीय स्तरमा चेतना प्रवाहमा नै काम गर्ने हो,’ उनले भने,‘त्यसमा गैरसरकारी संस्थाले गरिरहेको सहयोग र सहकार्यले कार्यक्रमको दिगोपना हुन्छ । स्थानीय सरकारको सपना साकार पर्न मद्धत मिल्छ ।’

प्रतिक्रिया