धादिङ जिल्लाको गँगाजमुना वडा नं. १ मा पर्ने ताजिम्राङ गाउँका घाम ताप्दै मकै छोडाउँदै गरेका कृषक गम्पा तामाङसँग ग्रामिण जीवन र जीविकोपार्जनका बारेमा छलफल गर्ने अवसर प्राप्त भयो । यो अवसर भने बीएमजेड र डब्लुएचएचको आर्थिक साझेदारी र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) मार्फत सञ्चालित लान प्लस परियोजना द्वारा स्वास्थ्य संंस्थाहरूको सामुदायिक अङ्क–पत्र प्रयोग गरी कार्ययोजना बनाउने क्रममा विहानको फुर्सतमा भएको थियो । छलफलका क्रममा उनले भने पहिलेको जस्तो बालीनालीको उत्पादन हुँदैन् खै किन हो रु हुन त आजकाल पशु वस्तुकोसँख्या पनि पहिलोको भन्दा धेरै कम छ । अनि भूकम्प जानु अघि यस गाउँमा धेरैजसो घरमा दुईचार घार मौरी थिए । मह प्रशस्त पाईनथ्यो । लेख तिर गोठमा बस्दा पनि ठूला–ठूला रुखको धोद्रामा बसेका मौरी काडेर खाने गरिन्थ्यो । अहिले त मौरी गाउँमा छैन् र बनमा पनि भेटिंदैैनन् रु मौरी किन हरायो होला सर रु वहाँको जिज्ञासामा लेखकले प्रति प्रश्न गरे तपाईको विचारमा किन होला त रु मलाई त घरका छाना टिनको हालेको भएर धेरै तातिएर हराएको हो कि जस्तो लाग्दछ । अर्को तरकारी लगायत कतिपय बालीमा विषादिको प्रयोगले पनि मासिएको हुन कि रु यस्तै गुराँका ठूला ठूलारुख मासिएकाले पनि चरण कम भएर अन्तै गए कि रु हेर्नुस् त सामान्य ग्रामिण कृषक पनि पर्यावरण प्रति कति सचेत छन् ।
मौरीको महत्व
प्रत्येक्ष ः मह उत्पादन, मइन उत्पादन, रोयल जेली उत्पादन, कुट (पोलेन) उत्पादन, मौरीको विष सङ्कलन,
अप्रत्येक्ष ः फूलफूल्ने धेरै जसो वनस्पतिको पराग सेचन गरी बीउ उत्पादनमा सहयोग पु¥याउने र पर्यावरण सन्तुलनमा योगदान दिन्छ ।
अल्वर्ट आईन्स्टाइनका अनुसार “यदि पृथ्वीको सतहबाट सम्पूर्ण मौरीहरू गायव हुने हो भने, पृथ्वीको मानिसको अधिक आयु चार वर्षको मात्र हुने छ ।” भन्ने भनाईले मौरी मानव जीवनका लागि कति महत्व पूर्ण छ भन्ने पुष्टि गर्दछ । त्यसैले हामीले मौरीको संरक्षण तथा पालन गर्न जोड दिनु पर्ने देखिन्छ । यस्तै आजकाल मौरीलाई दिगो कृषि उत्पादनको लागि एक महत्वपूर्ण घटक मान्न थालिएको छ ।
नेपालका तराई देखि उच्च पहाड अर्थात समून्द्री सतहबाट ४००० मिटरसम्ममा मौरीका विभिन्न प्रजातीहरू पाईन्छन् । र नेपालमा प्राचिन काल देखि नै मौरी पालन गरिदैं आएको सर्बविधितै छ । नेपालमा पुत्का, कठौरी मौरी घरमौरी, घारेमौरी, भिरमौरी गरी पाँच प्रमुख प्रजातीका मौरीबाट मह सङ्कलन गरिन्छ । पुत्का सबै भन्दा सानो मौरी हो । यो प्रायः डुडेघार या सुकेको रुखको धोद्रामा बस्ने गर्दछ । पुत्काको मह सबै भन्दा बढी औषधिय महत्व भएको मानिन्छ । कठौरी पुत्का भन्दा अलि ठूलो र अन्य घरमौरी भन्दा सानो पहेंलो रंगको मौरी हो । यो सानो पोथ्रा या झाडिमा सानो अण्डाकारको चाका बनाउने मौरी हो । कठौरी मौरी आजकाल कमै मात्रामा भेटिने गरेको छ । घारेमौरी भने ठूला सिमलका रुखमा या घरको छतको बाहिर पटिको भागमा एउटा चाका लगाएर बस्ने ठूलो आकारको मौरी हो । भिर मौरी भने पहाडी भेगका ठूला भिरमा एक वा एक भन्दा बढी चाका बनाएर बस्ने ठूलो आकारको मौरी हो । यी मध्ये पुत्का र घरमौरीको पालन गर्ने गरिएको पाईन्छ । घरमौरीमा पनि तराईमा एपिस मेलीफेरा प्रजातिको मौरी ९युरोपिएन मौरी०को व्यवसायिक रुपमा पालन गर्ने गरिएको छ । एपिस मेलिफेराका पनि नेपालमा तीन उपप्रजाती भित्रिएको मानिएको छ । तर नेपालमा स्थानीय एपिस सेराना (एशियन) प्रजातिको मौरीे बेसी देखि उच्च पहाडसम्म पालन गरिन्छ । यीनमा पनि उचाई अनुसार फरक फरक जातको जस्तै सबैभन्दा तल्लो भेग र तराईमा पालन गरिने एपिस सेरेना इन्डिका, मध्य पहाडमा एपिस सेरेना सेरेना र उच्च पहाडमा एपिस सेरेना हिमालय उपप्रजातिका मौरीको पालन गरिन्छ ९लेखनाथ काफ्ले, हरि बहादुर केसी। २०१९० ।
कृषक गम्पा तामाङको प्रश्न सुने पछि ताजिम्राङ गाउँका घर तथा वरपर नियाल्दा जे देखियो प्रायः सबै घरका छाना देखि भ्याल्सी, टुडाल सबै स्थानमा ठूलो माकुराको जालोले ढाकिएको थियो । यस्तै विजुलीका तार र खम्बामा पनि माकुराको जालोले राम्रैसँग पासो थापिएको भान हुनेगरी ढाकेको देखियो । अन्य कुराको जानकारी लिन भने समयले भ्यइएन । गम्पा तामाङले भन्नु भयो “म अलि तलको बारीमा एउटा सानो ढुङ्गाले छाएको गोठ बनाएर मौरी पाल्ने सोचेको छु ।” कृषक पनि आफ्नो मन छुने विषयमा आफैं अनुसन्धान गर्दछन भन्ने कुरा तामाङको विचाले पुष्टि गर्दछ ।
मौरी कम हुनु या मासिनुमा थुप्रै कारणहरू हुनसक्दछन् । यसमा जानिफकारले थप्ने नै छन् । यहाँ केही कारणहरू उल्लेख गर्ने कोशिस गरिएको छ । जस्तै ः प्रतिकुल स्थानीय वातावरण, चरणमा कमि, माउसुली, माकुरा, अरिंगाल, बच्छौं, मलसाप्रो, चिवेचरा, मह खाने पुतली, कमिला आदि मौरीका प्रमुख सत्रु लाग्नु । मौरीको घरमा मौरीको सुलसुले ९mष्तभक० पर्नु । यस बाहेक मानिसले अनावश्यक रुपमा जथाभावि विषादिको प्रयोग गर्नुले पनि मौरीको संख्या घट्न जान्छ ।
नेपालको तराई देखि उच्च पहाड सम्ममा विभिन्न प्रकारका शुक्ष्म जलवायु पाईने र मौरीका पनि धेरै प्रजाति पाईने भएकाले पालन गर्नका लागि उपयुक्त वातावरण छ । सानो लगानी र थोरै मिहनतले मौरी पालन गर्न सकिन्छ । अध्ययनका अनुसार सेरेना प्रजातिका मौरीले प्रति वर्ष प्रति घार १० देखि ३० किलोग्रामसम्म महको उत्पादन गर्न सकिन्छ । मौरी पालक कृषकहरूका अनुसार १० देखि १५ घार मौरी व्यवस्थित तरिकाले पाल्न सकेको खण्डमा कतिपय अरवीय देशहरूमा गएर कमाएको भन्दा बढी आम्दानी घरपरिवारसँग बसेर कमाउन सकिन्छ । मौरीको चरणको विचार गर्ने, रोग तथा शत्रु जीवको व्वस्थापन गर्ने र मौसम अनुसार तातो चिसोबाट बचाउने हो भने धेरै मिहेनतको आवश्यकता पर्दैन् ।
—-
ली–बर्ड, पोखरा
ईमेल:-
sbasnet@libird.org, sbbasnet@gmail.com
प्रतिक्रिया