धादिङको गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ स्वर्ण, ९ रजत र ४ कास्य पदक सहित डोलभञ्ज्याङ माध्यामिक विद्यालय प्रथम भएको छ।माघ २७ गतेदेखि २९ गतेसम्म गलौंदी खेल मैदानमा भएको प्रतियोगितामा गजुरी गाउँपालिकाका १२ वटा माध्यामिक विद्यालयहरुले सहभागी रहेका थिय।
प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कास्य सहित आदर्श माध्यामिक विद्यालय दोस्रो र ४ स्वर्ण, १ रजत सहित किराञ्चोक कटुञ्जे माध्यामिक विद्यालय तृतिय भएको छ।भने महेन्द्रोदय मावि ३ स्वर्ण २ रजत र ३ कास्य सहित चौंथो, गजुरी पिडा माविले २ स्वर्ण ५ रजत र ३ कास्य सहित पाँचौ, किराञ्चोक मावि १ स्वण, ३ रजत र ३ कास्य सहित छैटौं र मुनाल एकेडेमी १ स्वर्ण २ रजत र २ कास्य सहित सातौं बन्यो ।प्रतियोगितामा भाग लिएका ३ विद्यालयहरु भानुभक्त मावि, थुम्की डाँडा मावि स्वर्ण पदक विहिन बने भने जगदम्बा बोर्डिङ स्कुलले कुनै पनि पदक जित्न सकेन।
प्रतिक्रिया